काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकिकृत समाजवादी पार्टीसँग एकताको तयारी भइरहेको बताएका छन्।
कर्णालीको सुर्खेत पुगेका प्रचण्डले विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै एकता संयोजन समिति बनाउने तयारी भइरहेको बताए।
उनका अनुसार चुनावको घोषणापत्र एउटै हुनेछ। उनले भने, ‘त्यहाँ घोषणापत्र एउटै हुनेतिर हाम्रो प्रयास भइरहेको छ। तर पनि चुनाव चिन्ह आफनो आफनै हुन्छ।’