शनिबार, मंसिर ६, २०८२

साञ्चोको निर्णायक गोलमा युनाइटेड विजयी

लेस्टरको मैदानमा भएको खेलमा युनाइटेडले घरेलु टिमविरुद्ध १–० को जित निकालेको हो।
 |  शुक्रबार, भदौ १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १७, २०७९

काठमाडौं- म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगअन्तर्गत बिहीबार रातिको खेलमा लेस्टर सिटीविरुद्ध संघषूपर्ण जित निकालेको छ। लेस्टरको मैदानमा भएको खेलमा युनाइटेडले घरेलु टिमविरुद्ध १–० को जित निकालेको हो।

National life

युनाइटेडको जितका लागि फरवार्ड साडन साञ्चोले एक गोल गरेका थिए। खेलको २३औं मिनेटमा मार्कस रासफर्डले दिएको पासको सदुपयोग गर्दै साञ्चोले गोल गरेका थिए।

यता घरेलु टिम लेस्टरले खेलका ५४ प्रतिशत समय बलमा नियन्त्रण बनाए पनि गोल गर्न भने सकेन। र, यो जितसँगै युनाइटेड सुरुआतका दुई हारबाट तंग्रिने प्रयास गरिरहेको छ। अहिले युनाइटेडले लगातार तीन जित निकालेर ९ अंक बनाएको छ।

दोस्रो चरण सकिँदा तालिकाको पुछारमा भएको युनाइटेड अहिले पाँचौ स्थानमा उक्लिएको छ। यता लेस्टर सिटी भने तालिकाको पुछारमा रहेको छ।

प्रकाशित: Sep 02, 2022| 09:28 शुक्रबार, भदौ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।