बुधबार, असार ३, २०८३

कांग्रेस केन्द्रीय सदस्य दहितको बर्दिया २ बाट सिफारिस भएन

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपाल दहित आफ्नो निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनका लागि सिफारिसमा पर्न सकेनन्।
 |  शुक्रबार, भदौ १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १७, २०७९

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपाल दहित आफ्नो निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनका लागि सिफारिसमा पर्न सकेनन्। 

National life

कांग्रेसको बर्दिया क्षेत्र नम्बर २ को क्षेत्रीय समितिले उनको नाम बाहेक अन्यको नाम सिफारिस गरेर जिल्ला कार्यसमितिमा पठाएको छ। 

२०७४ सालको चुनावमा दहित नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका थिए। राजापुर नगरपालिकाको मेयर र आफ्नै वडाको वडा अध्यक्षलाई अन्तर्घात गरेको उजुरी जिल्ला अनुशासन समितिमा परेपछि अनुशासन समितिले उनलाई स्पष्टीकरण सोधेको थियो। तर, उनले स्पष्टीकरणको जवाफ नै दिएनन्। 

राजापुरको मेयरका उम्मेदवार दिपकजंग शाह नै बर्दिया क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति हुन्।  पार्टीको १४औं महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य निर्वाचित भएका दहित विजय कुमार गच्छेदारको फोरम लोकतान्त्रिक कांग्रेससँग एकीकरण हुँदा कांग्रेसमा समाहित भएका हुन्। 

बर्दिया क्षेत्र नम्बर २ कार्यसमितिले प्रत्यक्षतर्फ पार्टीका केन्द्रीय सहमहामन्त्री किशोरसिंह राठोर, प्रधानमन्त्री पत्नी नेतृ डा. आरजु राणा देउवा, जिल्ला सभापति अरुणप्रकाश सिंह राठोर, महासमिति सदस्य जन्मजय तिमिल्सिना, जिल्ला सचिव जग्गाप्रसाद पाण्डे, महासमिति सदस्य परशुराम चौधरी र पूर्व जिल्ला सदस्य भागिराम चौधरीको नाम सिफारिस गरेर जिल्ला कार्यसमितिलाई बुझाएको छ।

Shivam cement

प्रकाशित: Sep 02, 2022| 12:29 शुक्रबार, भदौ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...