बिहीबार, साउन २१, २०८३

काठमाडौं-४ बाट किन भएन गगनको नाम सर्वसम्मत?

नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र काठमाडौं ४ बाट उनको नाम सर्वसम्मत सिफारिसमा परेन। यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि थापासँगै विनोदबाबु प्रधानको नाम पनि सिफारिस भएको छ।
 |  शुक्रबार, भदौ १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १७, २०७९

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र काठमाडौं ४ बाट उनको नाम सर्वसम्मत सिफारिसमा परेन। यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि थापासँगै विनोदबाबु प्रधानको  नाम पनि सिफारिस भएको छ। 

प्रधान क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधि हुन्। प्रधान गत १४औं महाधिवेशनमा गगन थापाको समूहबाट महाधिवेशन प्रतिनिधि भएका हुन्। त्यसैगरी यस क्षेत्रबाट समानुपातिकतर्फ अनार बस्नेत, कर्म छिरिङ शेर्पा, याङकिला शेर्पा, रोहित पौडेल, राजु श्रेष्ठ र डा. आरती कार्की सिफारिस भएका छन्। 

प्रदेशसभातर्फ भने प्रत्यक्षमा क्षेत्र 'क' मा श्रीराम लामिछाने, प्रशन्नमान श्रेष्ठ, राधा घले, श्याम कुमार संगत, नरोत्तम वैद्य र सरिन घिमिरे सिफारिस भएका छन् भने क्षेत्र 'ख' मा न्हुच्छेनारायण श्रेष्ठ, अच्युतप्रसाद पौडेल, शंकर आचार्य र मनोज सिग्देल सिफारिस भएका छन्। 

त्यस्तै क्षेत्र 'क' को समानुपातिकमा अनुप प्रधान, रमेश महर्जन, किरण श्रेष्ठ, असीम राणा, नर्वदा पोखरेल, दीपेन्द्र केशरी पण्डित, सारिका राई, गणेश सुनुवार, श्यामकुमार मल्ल, सुशीला नाइटा, प्रकाश गुरुङ, दिनेशकुमार माली, इन्दिरा भण्डारी, ध्रुवप्रसाद पौडेल, र सुदिपराज शर्मा सिफारिस भएका छन्। 

क्षेत्र 'ख' बाट समानुपातिकमा इन्द्रबहादुर थापा, साधुराम खड्का, आत्माराम पौडेल, भोला लामिछाने, रामकृष्ण केसी, शशीप्रसाद शर्मा, ध्रुव खड्का, वृहस्पति चालिसे, होमनाथ तिमिल्सिना, डिल्लीप्रसाद डोटेल, सन्तोष भण्डारी, मिना पराजुली, रिता बुढाथोकी, मनदेवी श्रेष्ठ, ललितादेवी गुरुङ, जाङ्बु शेर्पा, श्यामकृष्ण श्रेष्ठ, सानुकान्छा श्रेष्ठ, दिव्यमणि राजभण्डारी, रामलाल श्रेष्ठ, दीपक गुरुङ सिफारिस भएका छन्।

प्रकाशित: Sep 02, 2022| 12:35 शुक्रबार, भदौ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...