आइतबार, असोज ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


मेलम्ची र इन्द्रावतीमा बाढीपछि खेल गतिविधि शून्य

मेलम्ची र इन्द्रावतीमा आएको बाढीपछि जिल्लाको पश्चिमी भेगमा खेल गतिविधि कम भएका छन्। कोरोना महामारी र त्यसपछिको बाढीले भएका संरचना बगाउँदा खेल गतिविधि लगभग शून्य नै छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

भूपू सैनिक दुई देशबीचको सम्बन्धको आधारस्तम्भ : भारतीय सेनाध्यक्ष पाण्डे

भारतीय सेनाध्यक्ष मनोज पाण्डेले भारतीय सेनाका भूतपूर्व नेपाली सैनिक दुई देशबीचको सम्बन्धको आधारस्तम्भका रूपमा रहेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

हामी न्यायपालिका सुधारको अभियानमा छौँ : कामु प्रधानन्यायाधीश कार्की

कायमुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालत न्यायालय सुधारको अभियानमा जुटेको बताएका छन्। उनले अब सेवाग्राहीलाई न्याय दिलाउने कुरामा ढिलाइ नहुने भन्दै सर्वोच्च सुधारको पक्षमा जुटेको बताएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

दलहरुलाई उम्मेदवार सिफारिस गर्न सकस

अधिकांश दलमा आकाङ्क्षी बढी देखिएकाले उम्मेदवार छनोटमा दलहरूलाई सकस भएको हो। तल्लो समितिबाट आएका सम्भावित उम्मेदवारको नाममा थप छलफल गरी प्रदेश समिति र केन्द्रीय समितिमा सिफारिस गर्न जिल्लास्थित राजनीतिक दलका...
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

कार्यदलले टुंग्याउन सकेन सिट बाँडफाँट, बिहीबार प्रतिवेदन बुझाउने

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीको लागि आफूलाई प्राप्त कार्यादेशसहितको प्रतिवेशन बिहीबार बुझाउने भएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

डेंगुबाट भेरी अस्पतालमा उपचार गराइरहेका दुई जनाको मृत्यु

बढैयाताल गाउँपालिका–८ बर्दिया निवासी ८६ वर्षीय पुरुष र टीकापुर नगरपालिका–६ कैलाली निवासी १२ वर्षीया बालिकाको उपचारका क्रममा बुधबार मृत्यु भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा. बद्री चापागाईंले जानकारी दिए।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

टिच फर नेपालकी संस्थापक अर्याल बनिन् काठमाडौ महानगरको शिक्षा सल्लाहकार

काठमाडौं महानगरपालिकाको शिक्षा सल्लाहकारमा रेशु अर्याल नियुक्त भएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

भारतीय केरा आयातमा रोक लगाउन माग

‘एकातिर चितवनमा केराको उत्पादन बढीरहेको छ, अर्कोतिर भारतीय अवैध केरा निर्वाध रुपमा आयात भइरहेको छ। जसले गर्दा चितवनको केराको बजारीकरणमा अत्यन्त अप्ठयारो अवस्थामा रहेको छ,’ उनले भने।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

मेरो विचार अभिव्यक्ति संकुचित गर्दा नगरवासीको मौलिक अधिकार कुण्ठित हुन्छ : बालेन

मंगलबार मेयर बालेनले बुझाएको लिखित जवाफमा आफूबाट अभिव्यक्त भएको शब्द भाषा र मनशायबाट अदालतको अवहेलना नहुने दाबी गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

कमजोर माल्दिभ्सलाई हारमा पनि सन्तुष्टि, बंगलादेशलाई अवसर खेर गएको चिन्ता

दशरथ रंगशालामा आयोजित महिला साफ च्याम्पियनसिपको तेस्रो खलमा बंगलादेशले माल्दिभ्सलाई ३–० ले हराएको हो। बंगलादेशको जितका लागि सविना खातुनले दुई गोल गरिन भने मारिया मन्डाले पनि एक गोल गरिन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

राजदूत खत्री र एमसीसीका सहायक उपाध्यक्ष ब्रुक्सबीच भेटवार्ता

अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री र अमेरिकी अनुदान सहायतासम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रममा रोक : सर्वोच्चले छलफलका लागि निर्वाचन आयोगलाई बोलायो

निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको रकम खर्च गर्न रोक लगाउने निर्णयविरुद्ध परेको रिट उपर सर्वोच्च अदालतले विपक्षी निर्वाचन आयोगलाई छलफलका लागि बोलाएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकद्वारा सामूहिक राजीनामा

अस्पतालमा काम गर्ने वातावरण नभएको, शान्ति सुरक्षाको प्रत्याभुति नभएको भन्दै प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीहरुले सामूहिक राजीनामाको घोषणा गर्दै उपकुलपतिलाई पत्र बुझाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

बेलायतबाट 'अक्षरको पराकम्पन' लिएर आइन् दुर्गा ढकाल

ढकालले लामो समयसम्म विदेशी भूमिमा बस्दा पीडा धेरै हुने र ती भावनाका कारण आफ्नो कविता संग्रह जन्मिएको बताइएकी थिइन्। ढकाल विगत १५ वर्षदेखि संयुक्त अधिराज्य बेलायतमा बस्दै आएकी छिन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

सिट बाँडफाँट टुंग्याउन बालुवाटारमा कार्यदलको बैठक जारी

एक महिनादेखि छलफलमा रहेको कार्यदलले बुधबार सिट बाँडफाँटमा सहमति गरेर शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाउने बताइएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

लघु बिमालेख साढे ३ गुणा बढ्दा व्यावसायिक हिस्सा २ प्रतिशत मात्रै

निर्जीवन बिमा कम्पनीहरुले गत आर्थिक वर्षमा कुल ३९ अर्ब १९ करोड ९९ लाख ८९ हजार बिमा शुल्क आर्जन गर्दा लघुबिमाबाट मात्रै ४८ करोड ४७ लाख ४१ हजार ५८४ रुपयाँको लघुबिमा...
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

सन्दीपमाथि आरोप मात्र लागेकोले क्यानले तत्काल कुनै कारबाही नगर्ने

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिका करणी आरोपका विषयमा नेपाल क्रिकेट सङ्घ (क्यान)ले तत्काल केही छानबिन नगर्ने बताएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

राष्ट्रपतिद्वारा नागरिकता विधेयकबारे संसद्‌बाहिरका विप्लवसहितका ५ दलसँग छलफल

नागरिकता विधेयकको विरोध गर्दै आन्दोलनमा रहेका नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित साना पाँच वामपन्थी दलहरुलाई बोलाएर नागरिकता विधेयकका विषयमा छलफल गरेकी हुन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

एक वर्षपछि एमाले र एसका नेताबीच एउटै मञ्चमा संवाद

एमाले अध्यक्ष केपी शर्मा ओली त नेकपा एकीकृतको नाम नै सुन्न चाहँदैनन्। माधवकुमार नेपालको नाम लिँदा पनि मुख कुल्ला गर्नुपर्ने सार्वजनिक कार्यक्रममै बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

भलिबल संघको चुनाव हुँदै, अध्यक्षमा मास्के र चन्दको भिडन्त

नेपाल भलिबल संघको साधारणसभा काठमाडौंको एक ब्यांक्वेटमा चलिरहेको छ। साधारणसभामार्फत आगामी कार्यकालका लागि कार्यसमितिको चयन चुनावी प्रकृयाबाट हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९