सोमबार, वैशाख २४, २०८१

एक वर्षपछि एमाले र एसका नेताबीच एउटै मञ्चमा संवाद

एमाले अध्यक्ष केपी शर्मा ओली त नेकपा एकीकृतको नाम नै सुन्न चाहँदैनन्। माधवकुमार नेपालको नाम लिँदा पनि मुख कुल्ला गर्नुपर्ने सार्वजनिक कार्यक्रममै बताएका छन्।
 |  बुधबार, भदौ २२, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बुधबार, भदौ २२, २०७९

विराटनगर– नेकपा एमाले औपचारिक रुपमा विभाजन भएको भदौ ९ गते एक वर्ष पूरा भयो। पार्टी विभाजनपछि दुवै पार्टीका पदाधिकारी तहका नेताहरु एउटै मञ्चमा बसेर ‘साइडलाइन’ संवाद गरेको देखिएको छैन। कांग्रेस महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एउटै मञ्चमा देखिए पनि दुवैले एक अर्कालाई हेर्दा पनि हेरेनन्। दुवै पार्टीका नेता–कार्यकर्ताले एक अर्कालाई शत्रुजस्तो ठान्छन् र, सोही अनुसारको व्यवहार पनि गर्दै आएका छन्। 

triton college

एमाले अध्यक्ष केपी शर्मा ओली त नेकपा एकीकृतको नाम नै सुन्न चाहँदैनन्। माधवकुमार नेपालको नाम लिँदा पनि मुख कुल्ला गर्नुपर्ने सार्वजनिक कार्यक्रममै बताएका छन्। एमालेका अरु नेताहरु पनि नेकपा एस अवैध सम्बन्धबाट जन्मिएको पार्टी भन्दै आएका छन्। दुवै पार्टीका नेताहरुले एक अर्कालाई गाली गर्दै आइरहेको समयमा बुधबार विराटनगरमा फरक दृष्य देखियो। एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे र एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा एउटै मञ्चमा वर्तिर–पर्तिर थिए। नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनको ११ औं महाधिवेशनको प्रमुख अतिथिका रुपमा पाण्डे सहभागी थिए भने खतिवडा विशेष अतिथि। करिब अढाई घण्टा चलेको उद्घाटन कार्यक्रममा दुवै नेताहरुले एक अर्कामा मुखामुख मात्रै गरेनन्, मन्तव्यमा पनि व्यक्त गरे। 

कार्यक्रममा पाण्डे भन्दा अघि बोलेका खतिवडाले दूरसञ्चारको महाधिवेशनले दुई पार्टीबीच एकताको दियो बाल्ने काम गरेको बताए। दुई पार्टीवबच तिक्ततापूर्ण अवस्थामा रहेको सम्बन्धलाई एउटै मञ्चमा राखेर एकताको प्रयास भएको आफूले महसुस गरेको उनले बताए। पार्टी अध्यक्ष ओलीका कारण पनि पार्टी एकतामा समस्या रहेको खतिवडाले बताए। उनले भने, ‘माधव नेपालको नाम नै सुन्न नचाहने, मुख कुल्ला गर्नुपर्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै हिँड्ने ओलीका कारण पनि दुई पार्टीबीच संवाद हुन सकेन।’ दुवै पार्टीमा लचकता भए सहयात्रा टाढा नरहेको उनले बताए। 

एमाले अध्यक्ष केपी शर्मा ओली त नेकपा एकीकृतको नाम नै सुन्न चाहँदैनन्। माधवकुमार नेपालको नाम लिँदा पनि मुख कुल्ला गर्नुपर्ने सार्वजनिक कार्यक्रममै बताएका छन्।

उनले भने, ‘आँखा छोप्ने र मुन्टो बटार्ने काम भए एकता हुन सक्दैन।’ एमालेले तीन वटा कुरा स्वीकार गरे पार्टी एकता टाढा नभएको खतिवडाले बताए। उनले भने, ‘नेकपा एकीकृतलाई कानुनी रुपमा पार्टी स्वीकार गर्नुपर्यो। सर्वोच्च अदालतमा दर्ता भएको मुद्दा फिर्ता लिनुपर्यो। प्रतिनिधिसभा विघटन गलत भएको स्वीकार गर्नुपर्यो।’ मुख्य तीनवटा कुरालाई एमालेले स्वीकार गरे वातावरण पृथक बन्ने उनको भनाइ छ। उनले भने, ‘मेरा राजनीतिक गुरुलाई यत्ति सुनाएँ।’

खतिवडालगत्तै बोलेका एमाले उपाध्यक्ष पाण्डेले महाधिवेशनमा अर्कै कुरा गर्ने तयारी सहित आए  पनि वातावरण अर्कै भयो भन्दै बोल्न सुरु गरे। दुई पार्टीवीच बहसको प्लेटफर्म नभए पनि विषय उठान भएकाले जवाफ दिनैपरेको उनले बताए। उनले २०५४ मा पार्टी विभाजन भएर २०५८ मा एक भएको प्रसङ्ग निकाल्दै मंसिरअघि केही हुन नसक्ने बताए।

corrent noodles
Metro Mart

उनले आफ्ना राजनीतिक विद्यार्थी समेत रहेका खतिवडाले एकताबद्ध भएर जान चाहेको उल्लेख गरेकोमा धन्यवाद दिए। एकीकृत समाजवादीले समाजवादको कुरा गरेर कांग्रेसलाई मत हाल्ने व्यवहारिक पक्ष नभएको भन्दै व्यंग्य पनि गरे। उनले भने, ‘कांग्रेसलाई भोट हालेर समाजवाद आउँदैन। एमसीसी पास गर्दैनौं भन्नुभयो, पछि पास गर्नुभयो। यसरी समाजवाद आउँछ?’ समाजवादीले वर्ग सापेक्षताका कुरा केपी ओली र शेरबहादुर देउवामा खोजेको भन्दै प्रश्न गरे।  

एमाले उपाध्यक्ष पाण्डेले बामपन्थी एकतामा दुईमत नभएको बताए। उनले मंसिर ४ को निर्वाचन अघि कुनै नाटकीय घटना नहुने पनि जिकिर गरे। उनले भने, ‘चुनावअघि तालेमेल होला कि भन्ने लागेको थियो। अब चुनावअघि त्यो सम्भावना देखिएन।’ आगामी मंसिर ४ को निर्वाचनपछि राजनीति नयाँ  दिशाबाट अघि बढ्ने उनको भनाइ छ। 

प्रकाशित: Sep 07, 2022| 17:50 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।