बिहीबार, भदौ १८, २०८३

एनपीएल सिजन–२ : कर्णालीमाथि काठमाडौंको सानदार जित

 |  आइतबार, मंसिर १४, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १४, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा काठमान्डु गोर्खाजले चौथो जित निकालेको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा कर्णाली याक्समाथि ५ विकेटको जित निकाल्दै काठमान्डु चौथो खेलमा विजयी भएको हो।

कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाण्डुले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो। यो सँगै एनपीएलमा काठमाण्डुले ६ खेलमा चौथो जित दर्ता गरेको छ। कर्णालीले भने चौथो हार बेहोरेको छ। ५ खेलमा कर्णालीले एकमात्र जित निकालेको छ।

काठमाण्डुको जितमा जेरार्ड एरास्मस र जोन सिम्पसोनले ८६ रनको उत्कृष्ट साझेदारी गर्दै काठमाण्डुलाई जितको बाटो देखाए।

जोन ४१ रनमा आउट हुँदा जेरार्ड ४३ रनमा अविजित रहे। वेन चाल्र्सवर्थ ३४, मिलिन्द कुमार १५, आकाश त्रिपाठी ८ र रसिद खान ० रनमा आउट भए। बलिङमा कर्णालीका नन्दन यादवले ३ र पवन सर्राफले एक विकेट लिए।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेटको गुमाएर १४९ रन बनाएको थियो।

कर्णालीका लागि गुल्सन झाले आक्रामक ब्याटिङ गरे। उनले २२ बलमा अविजित ४९ रन बनाए। मार्क वाट ३०, पवन सर्राफ ३५, नाजिबुल्लह जाद्रान १२, प्रियान्क पञ्चाल ०, विलियम बोसिष्टो १, कप्तान सोमपाल कामी ६, दीपक डुम्रे १० रनमा आउट भए। बलिङमा काठमान्डुका रशिद खानले २, कप्तान करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले एक/एक विकेट लिए।

 

प्रकाशित: Nov 30, 2025| 19:10 आइतबार, मंसिर १४, २०८२
प्रतिक्रिया दिनुहोस्