बिहीबार, भदौ १८, २०८३

एनपिएलमा आज कर्णाली र काठमाडौं भिड्दै

 |  आइतबार, मंसिर १४, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १४, २०८२

काठमाडौं- त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज भिड्दैछन्। खेल अपराह्न ३:३० बजे हुनेछ।

सोमपाल कामीको कप्तानीमा चारवटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले एउटामात्र जितेको छ। दुई अङ्कका साथ कर्णाली छैटौँ स्थानमा छ। प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नैपर्ने बाध्यता छ।

करण केसीको नेतृत्वमा रहेको काठमाडौँ तेस्रो स्थानमा छ। प्लेअफको यात्रामा पुग्न काठमाडौँका लागि पनि यो खेल महत्त्वपूर्ण छ।

प्रकाशित: Nov 30, 2025| 07:50 आइतबार, मंसिर १४, २०८२
प्रतिक्रिया दिनुहोस्