बुधबार, कात्तिक ७, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

दलहरुलाई उम्मेदवार सिफारिस गर्न सकस

अधिकांश दलमा आकाङ्क्षी बढी देखिएकाले उम्मेदवार छनोटमा दलहरूलाई सकस भएको हो। तल्लो समितिबाट आएका सम्भावित उम्मेदवारको नाममा थप छलफल गरी प्रदेश समिति र केन्द्रीय समितिमा सिफारिस गर्न जिल्लास्थित राजनीतिक दलका नेताहरु जुटेका हुन्।
 |  बुधबार, भदौ २२, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २२, २०७९

जनकपुरधाम- आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा धनुषामा राजनीतिक दललाई उम्मेदवार सिफारिस गर्न सकस भएको छ। 

triton college

अधिकांश दलमा आकाङ्क्षी बढी देखिएकाले उम्मेदवार छनोटमा दलहरूलाई सकस भएको हो। तल्लो समितिबाट आएका सम्भावित उम्मेदवारको नाममा थप छलफल गरी प्रदेश समिति र केन्द्रीय समितिमा सिफारिस गर्न जिल्लास्थित राजनीतिक दलका नेताहरु जुटेका हुन्। 

नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले जिल्लाको चारवटै प्रतिनिधिसभा क्षेत्र र आठवटै प्रदेशसभा निर्वाचन क्षेत्रमा चुनाव लड्ने उम्मेदवारको नाम माथिल्लो कमिटीमा सिफारिस गरिसकेका छन् भने नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायतले उम्मेदवार सिफारिसका लागि बैठक र छलफललाई तीव्र पारेका छन्।

नेपाली कांग्रेस धनुषाले चारवटै प्रतिनिधिसभा र आठवटै प्रदेशसभा निर्वाचन क्षेत्रका लागि एक सय १० जना आकाङ्क्षी उम्मेदवारको नाम सिफारिस गरेको छ। कांग्रेसको क्षेत्रीय भेला तथा बैठकबाट आकाङ्क्षी उम्मेदवारको नाम सिफारिस गरिएको कांग्रेस नेताहरुले बताएका छन्। 

प्रतिनिधिसभाका लागि धनुषा क्षेत्र नं १ का लागि प्रत्यक्ष र समानुपातिक दुवै कोटामा पार्टीका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गानाको एकल नाम सिफारिस गरिएको क्षेत्र नं १ का क्षेत्रीय सभापति दीपनारायण यादवले जानकारी दिए। 

Metro Mart
vianet

प्रदेशसभामा प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ (क) का लागि सञ्जयकुमार महतो, भोला पजियार र सुरेश यादवको नाम सिफारिस गरिएको छ भने क्षेत्र नं १ (ख) का लागि प्रत्यक्षमा लक्ष्मीनारायण मण्डल, श्यामलाल महतो र रामपल्टन साहको नाम सिफारिस भएको क्षेत्रीय सभापति यादवले बताए। 

प्रतिनिधिसभा क्षेत्र नं २ का लागि प्रत्यक्षमा केन्द्रीय सदस्यद्वय रामकृष्ण यादव र मुक्ताकुमारी यादवको नाम सिफारिस भएको कांग्रेसका जिल्ला सचिव कन्हैया कर्णले जानकारी दिए। त्यस्तै प्रदेशसभामा प्रत्यक्षतर्फ क्षेत्र २ (क) मा राजेश्वर गोइत, दिनेशकुमार यादव, धर्मनाथ यादव र रामउदगार यादव तथा क्षेत्र नं २ (ख) का लागि प्रत्यक्षतर्फ राजदेव यादव, उत्तिमप्रसाद मण्डल, नवीनकुमार गोहीबार, भूपनारायण यादव, भोला चौधरी, देवेन्द्रकुमार भरखेर, शिवशङ्कर गोइत, जगदीश चौधरी यादव र सत्यनारायण साहसहित नौ जनाको नाम सिफारिस भएको सचिव कर्णले बताए। 

धनुषा निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ नेता गणेश तिवारी र परमेश्वर महासेठको नाम सिफारिस गरिएको छ भने प्रतिनिधिसभाको समानुपातिकतर्फ पार्टीका पूर्वउपसभापति विमलेन्द्र निधिको नाम सिफारिस भएको जिल्ला सचिव कर्णले जानकारी दिए।

प्रदेशसभा क्षेत्र नं ३ (क) मा प्रत्यक्षतर्फ मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवको एकल नाम सिफारिस भएको छ भने क्षेत्र नं ३ (ख) मा हरिशङ्कर साहको एकल नाम सिफारिस भएको जनाएको छ।  धनुषा निर्वाचन क्षेत्र नं ४ मा नेपाली कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पार्टीका सहमहामन्त्री महेन्द्र यादव र केन्द्रीय सदस्य डा चन्द्रमोहन यादवको नाम सिफारिस गरेको कांग्रेस क्षेत्र नं ४ का क्षेत्रीय सभापति कुमारकान्त झाले जानकारी दिए।

प्रदेशसभामा क्षेत्र नं ४ (क) का लागि प्रत्यक्षतर्फ कोमलकान्त झा, योगनारायण यादव, विक्रम यादव र शिवशङ्कर यादवसहित चार जनाको नाम सिफारिस भएको छ भने क्षेत्र नं ४ (ख) का लागि जिल्ला कोषाध्यक्ष राजलाल महतो र रामकुमार भण्डारीको नाम सिफारिस भएको क्षेत्रीय सभापति झाले बताए।

माओवादी केन्द्रले पनि धनुषाको सबै निर्वाचन क्षेत्रका लागि उम्मेदवार सिफारिस गरेको छ। जनकपुरधामस्थित पार्टी कार्यालयमा बसेको जिल्ला कमिटी, प्रदेश कमिटी, केन्द्रीय सदस्यको संयुक्त बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको हो।

माओवादीले धनुषाको निर्वाचन क्षेत्र नं १ का लागि पार्टीका उपमहासचिव मातृकाप्रसाद यादवको एकल नाम सिफारिस गरेको छ। प्रदेशसभाका लागि निर्वाचन क्षेत्र नं १ (क) बाट माओवादी धनुषा जिल्ला अध्यक्ष देवेन्द्रकुमार यादव ‘दीपक’, शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादव र रोशन यादवको नाम सिफारिस गरेको छ।

क्षेत्र नं १ (ख) का लागि सरोज यादव, प्रदीप साह, गुलाव यादव, सूर्यनारायण मण्डल र वीरेन्द्र महतोको नाम केन्द्रीय समितिमा सिफारिस गरेको माओवादी केन्द्रका धनुषा जिल्ला संयोजक दीपक यादवले जानकारी दिए।

त्यस्तै धनुषा क्षेत्र नं २ बाट प्रतिनिधिसभातर्फ योगकुमार बरबरिया ‘श्रवण’को एकल नाम सिफारिस गरिएको छ भने प्रदेशसभाका लागि निर्वाचन क्षेत्र नं २ (क) बाट देवचन्द्र यादव र रेखा मण्डलको नाम सिफारिस भएको छ। निर्वाचन क्षेत्र नं २(ख) बाट श्यामकुमार यादव, रामकिशोर पासमान, अनिल पासमान र वैद्यनाथ मण्डलको नाम सिफारिस गरिएको संयोजक यादवले बताए। 

धनुषाको निर्वाचन क्षेत्र नं ३ बाट माओवादीले प्रतिनिधिसभाका लागि सौखीलाल पासवान र युगेश्वर यादवको नाम सिफारिस गरेको छ भने प्रदेशसभाका लागि निर्वाचन क्षेत्र नं ३ (क) बाट अनिल पासवान, चन्द्रशेखर साह तथा क्षेत्र नं ३ (ख) बाट महेश यादवको नाम सिफारिस गरिएको जिल्ला संयोजक यादवले बताए।

धनुषाको निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभाका लागि देवसागर दासको एकल नाम सिफारिस गरिएको छ भने धनुषा निर्वाचन क्षेत्र नं ४ (क) बाट प्रदेशसभा सदस्यका लागि अशोककुमार यादव, नन्दकिशोर यादव, सुरेश यादव र सुरेश मण्डलको नाम सिफारिस गरिएको भने क्षेत्र नं ४ (ख) बाट प्रदेशसभा सदस्यका लागि रामकुमार महतोको एकल नाम सिफारिस गरिएको उहाँले बताउनुभयो।

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोटको गृहकार्यमा जुटेको नेकपा एमाले धनुषा क्षेत्र नं ३ र ४ का लागि पूर्वमन्त्री महासेठ दम्पतीलाई उम्मेदवारका लागि सिफारिस गरेको छ। 

एमालेको जनकपुरधाममा सम्पन्न क्षेत्रीय समितिको बैठकले धनुषा क्षेत्र नं ३ मा पार्टीका पोलिटब्युरो सदस्य जुलीकुमारी महतो र क्षेत्र नं ४ मा एमालेका सचिव रघुवीर महासेठको एकल नाम सिफारिस गरेको एमालेका नेता सुखराम यादवले जानकारी दिए।  

क्षेत्रीय समितिको बैठकबाट सिफारिस भएको दुवै जनाको नाम एमाले धनुषाको जिल्ला समितिको बैठकले अनुमोदन गरी प्रदेश कार्यसमितिमा पठाउने नेता यादवले बताए। उम्मेदवारका लागि सिफारिस भएका दुवै जना श्रीमान्श्रीमती हुनुहुन्छ। गत २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा महतो समानुपातिकतर्फबाट सांसद बनेका थिए भने महासेठ धनुषा क्षेत्र नं ४ बाट निर्वाचित भएका थिए।

लोसपाले प्रतिनिधिसभाका लागि धनुषा क्षेत्र नं ३ मा पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई उम्मेदवार सिफारिस गरेको छ। लोसपा धनुषा क्षेत्र नं ३ को सम्पन्न बैठकले महतोको नाम प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस गर्ने निर्णय गरेको पार्टीको धनुषा अध्यक्ष परमेश्वर साहले जानकारी दिए। 

बैठकले सर्वसम्मतबाट महतोको एकल नाम सिफारिस गरेको अध्यक्ष साहले बताए। गत २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा महतो यही क्षेत्रबाट निर्वाचित भएका थिए। अन्य क्षेत्रबाट समेत उम्मेदवारको सिफारिस आइरहेको अध्यक्ष साहले बताए। जसपाले पनि उम्मेदवारको सिफारिसका लागि बैठक र छलफल जारी रहेको जसपाको मधेस प्रदेश समितिका मुख्य सचिव दिनेशकुमार यादवले जानकारी दिए।

'विभिन्न जिल्लाबाट आकाङ्क्षी उम्मेदवारको सिफारिस आइरहेको छ,' मुख्यसचिव यादवले भने, 'जिल्ला जिल्लाबाट आएका नामका विषयमा छलफल भइरहेको छ, प्रदेश समितिबाट उम्मेदवारको नाम केन्द्रीय कार्यकारिणी समितिमा पठाइनेछ।'


प्रकाशित: Sep 07, 2022| 22:00 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।