काठमाडौं- दुर्गा ढकालको कवितासंग्रह ‘अक्षरको पराकम्पन’ विमोचन गरिएको छ। राष्ट्रिका साहित्य प्रतिष्ठानले प्रकाशन गरेको पुस्तकको शनिबार लोकार्पण गरिएको हो। नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा एक समारोहको आयोजनमा उक्त कवितासंग्रह विमोचन गरिएको हो।
प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, प्रा.डा रमेश भट्टराई, प्राडा.सुरेन्द्र केसी, वरिष्ठ साहित्यकार युवराज नयाँघरेले संयुक्त रुपमा पुस्तक लोकार्पण गरेका थिए। १४ वर्ष विदेशी भूमिमा बसेकी ढकाले कविता संग्रह प्रकाशनमा ल्याएको भन्दै वक्ताहरूले ढकालको प्रशंशा गरेका थिए।
कविता विचार भएको बताएका कुलपति उप्रेतीले घटनाले मानिसलाई संवेदनशील बनाउने र तिनै भावनाका त्यान्द्रा कलममा जागृत हुने उनको भनाइ थियो। यस्तै साहित्यकार युवराज नयाँघरेले कविता लेखन सामान्य कुरा नभई आफैँमा दुस्साहास भएको र ढकालले आफ्ना भावना पुस्तककमा पोख्न सकेकोमा खुसी व्यक्त गरे।
ढकालले लामो समयसम्म विदेशी भूमिमा बस्दा पीडा धेरै हुने र ती भावनाका कारण आफ्नो कविता संग्रह जन्मिएको बताइएकी थिइन्। ढकाल विगत १५ वर्षदेखि संयुक्त अधिराज्य बेलायतमा बस्दै आएकी छिन्।