मंगलबार, वैशाख २९, २०८३

टिच फर नेपालकी संस्थापक अर्याल बनिन् काठमाडौ महानगरको शिक्षा सल्लाहकार

काठमाडौं महानगरपालिकाको शिक्षा सल्लाहकारमा रेशु अर्याल नियुक्त भएकी छन्।
 |  बुधबार, भदौ २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २२, २०७९

National life

काठमाडौं- काठमाडौं महानगरपालिकाको शिक्षा सल्लाहकारमा रेशु अर्याल नियुक्त भएकी छन्। टिच फर नेपालको संस्थापक बोर्ड सदस्य समेत रहेकी अर्याललाई महानगरको कार्यपालिका बैठकले नियुक्त गरेको हो।

अर्यालले कोलम्बिया विश्वविद्यालयको टिचर्स कलेजबाट शैक्षिक सुधारको लागि नेतृत्व विषयमा स्‍नातकोत्तर गरेकी छन्। 

पछिल्लो समय उनले सामाजिक सञ्‍जालमार्फत मेयर बालेन शाहलाई शिक्षा सुधारको लागि विभिन्‍न सुझावहरु दिइरहेकी थिइन्।

प्रकाशित: Sep 07, 2022| 21:20 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्