मंगलबार, जेठ ८, २०८१

भलिबल संघको चुनाव हुँदै, अध्यक्षमा मास्के र चन्दको भिडन्त

नेपाल भलिबल संघको साधारणसभा काठमाडौंको एक ब्यांक्वेटमा चलिरहेको छ। साधारणसभामार्फत आगामी कार्यकालका लागि कार्यसमितिको चयन चुनावी प्रकृयाबाट हुने भएको छ।
 |  बुधबार, भदौ २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २२, २०७९

काठमाडौं– नेपाल भलिबल संघको साधारणसभा काठमाडौंको एक ब्यांक्वेटमा चलिरहेको छ। साधारणसभामार्फत आगामी कार्यकालका लागि कार्यसमितिको चयन चुनावी प्रकृयाबाट हुने भएको छ। संघको नवौं पूर्ण बैठकमा अध्यक्ष, महासचिवलगायत पदका लागि चुनाव हुन लागेको हो।

triton college

साधारणसभाको बन्द सत्र सकिएसँगै उम्मेदवारको मनोनयन दर्ता भइरहेकको छ। अध्यक्ष पदका लागि यसअघिका महासचिव जितेन्द्रबहादुर चन्द र उपाध्यक्ष निरोज मास्केले उम्मेदवारी दिएका छन्।

त्यस्तै महासचिवमा मनवीर छन्त्याल र रोशन श्रेष्ठले उम्मेदवारी दिइसकेका छन्।

नेपाल भलिबल संघमा १३३ जना भोटर रहेका छन्। देशभरका ७७ जिल्लामै कार्यसमिति रहेको भलिबलमा ७७ जिल्लाका १–१ जना प्रतिनिधिले भोट हाल्न पाउँछन्। त्यस्तै, सात प्रदेशका २–२ जना प्रतिनिधि, रेफ्रि एक जना, पुरुष र महिला टिमका कप्तानले पनि मताधिकार पाएका छन्। त्यस्तै, ३६ पदाधिकारीले पनि मताधिकार पाउँछन्। तिनै प्रतिनिधिले आगामी चार वर्षे कार्यकालका लागि एनभीएको नयाँ कार्यसमितिको चयन गर्नेछ।

सर्वसहमतिको कुरा चलाउँदै आइरहिएको भए पनि अन्तिम समयसम्म सहमति बन्न नसक्दा चुनाव हुने पक्कापक्की भएको हो। महासचिवमा उठेका मनवीर वर्तमान कार्यसमितिका सचिवसमेत हुन्। उनले चाहिँ निरोज मास्केको प्यानलबाट महासचिव पदमा उम्मेद्वारी दिएका छन्। ढोरपाटन क्लबका अध्यक्षसमेत रहेका छन्त्याल लामै समयदेखि भलिबलका सकृया पात्र हुन्।

corrent noodles
Metro Mart

अध्यक्ष पदका उम्मेद्वार जितेन्द्र चन्द
बैतडीमा जन्मिएका चन्दले २०४४ सालपछि भलिबल सुरु गरेका हुन्। अहिले उनी १० वर्षदेखि नेपाल भलिबल संघमा रहेका  छन्। त्यस्तै उनी एसियाली भलिबल संघको कोषाध्यक्ष पनि छन्। ‘२०४५ सालमा भएको राष्ट्रिय खेलकुदमा भलिबल खेलेको हो। २०४४ मा आइएसी सिर्जना कलेज, महेन्द्र नगरमा गर्दा मलाई भलिबलको लगाब भएको थियो,’ उनले भनेका छन्। चन्दले त्यसपछि भलिबल खेल्न थाले भने अभ्यास गर्दा गर्दै २०४५ सालमा राष्ट्रिय खेलकुदमा डेब्यू गर्ने अवसर पाए। त्यसपछि काठमाडौं आएपछि पनि उनी २०४८ सालसम्म सिनियर खेलाडीको अभ्यास हेर्न जान्थे।

श्रीलंकामा १९९१ मा हुने खेला लागि अभ्यास सुरु भएको थियो।  उनले आफू पनि अभ्यास गर्ने भनेर प्रशिक्षकलाई भने तर अभ्यासमा खेल्न सकेनन्। अभ्यासबाट भागेका थिए। तर एकदिन प्रशिक्षकले उनलाई पनि बोलाएर खाजा खुवाएको उनलाई अझैसम्म याद छ। ‘ल भाइ तिमी पनि बस भनेर प्रशिक्षकले उहाँको भागको चिकेन दिनुभएको थियो। त्यसपछि चाहिँ बानी पर्दै गयो। पछि सन् १९९५ देखि २००६ मा भलिबल खेलेको हो,’ चन्दले भने, ‘उतिबेला अन्तर्राष्ट्रिय खेल भने मैले आफ्नै हिसाबले खेल्न छोडेँ। मैले विजनेस सुरु गरेँ। कलेजमा काम गर्न थालें।’

त्यसको धेरै समय पछि केहि मानिसले उनलाई भलिबल संघमा लाग्न सुझाव दिए। भाग्यवश २०६६ को पाँचौं साधारणसभामा उनी महासचिवको उम्मेद्वार भएर जिते। भन्छन्, ‘त्यहाँ म त स्वतन्त्र क्यान्डिडेट हुँ। मलाई पोलिटिकल कुरा मन पनि पर्दैन। चैत ३० गते भएको साधारणसभाबाट म विजेता भएँ।’

उनी अगाडि थप्छन्, ‘संस्थामा काम गरिसकेपछि मेरो मन्त्र छ, कि कामै नगर्ने, कि दत्तचित्त भएर काम गर्ने। दानबहादुर तामाङ (पूर्व अध्यक्ष) लाई सहयोग गरेको मैले हो। उहाँ राजदूत हुनुभएको छ। मनोरन्जन रमण शर्माको पालामा पनि मैले सहयोग गरेँ,’ उनले भने।

आजको भलिबल जुन लेभलमा छ त्यसको श्रेय आफूलाई दिनुपर्ने चन्द बताउँछन्। उनले चार महिना बन्द प्रशिक्षणमा राखेर नेपाली महिला खेलाडीलाई सेन्ट्रल जोन जित्नसक्ने बनाएको दाबी गरेका छन्।

त्यसैले उनी आफू टिमवर्कलाई हाँक्ने खरो टिम मेम्बर भएका ठान्छन्। ‘स्थानीयदेखि राष्ट्रिय टिम निर्माणसम्म हेर्नुपर्ने हुन्छ। नेपाल विश्व भलिबलमै छैन। हामीले काम गर्नुपर्ने धेरै छ भनेर मैले उम्मेद्वारी घोषणा गरेको हो।’

निरोज मास्के
मास्केले पनि उम्मेद्वारी घोषणा गरिसकेकी छन्। मास्केले आफ्नो चार वर्षे कार्यकालमा के काम गर्ने भन्ने विषयमा चार पेज लामो घोषणा पत्र नै जारी गरेकी छन्। ‘सुशासन, जनसहभागिता र व्यवसायिकता आजको आवश्यक्ता’ ट्यागलाइन राखिएको घोषणापत्रमा उनले भलिबल विकासका लागि ग्रासरुट, रेफ्री र प्रशिक्षक प्रशिक्षणदेखि प्रतियोगिता, पूर्वाधार, प्रोत्साहन र प्रशासनिक संरचनालाई आफ्नो मुख्य एजेन्डा बनाएकी छन्।

त्यसो त कार्यसमिति बैठकको सूचना पनि सवल रुपमा प्रसारण गर्न नसकिरहेको भलिबल संघका लागि उनका योजना निकै महत्वाकांक्षी छन्। किनभने उनले ‘केन्द्रमा आफ्नै भलिबल कभर्डहल निर्माण र सातै प्रदेशमा भलिबलको पूर्वाधार र एकेडेमी निर्माण र सञ्चालन गर्ने’ प्रतिबद्धता दिलाएकी छन्।

मास्केले आफू पहिलो महिला अध्यक्ष हुने दावी गरेकी छन्। २०३३ सालमा स्थापना भएको संघमा अहिलेसम्म महिला अध्यक्ष भएका छैनन्। उनले यसअघि भलिबल संघमा पहिलो महिला कसिन संयोजकको रुपममा काम गरिसकेकी छन्। त्यस्तै, उनले दुई कार्यकाल कोषाध्यक्षको जिम्मेवारी सम्हालिसकेकी छन् भने अहिले उपाध्यक्ष छिन्।

‘म विगत डेढ दशकदेखि नेपाल भलिबल संघमा आबद्ध छु र, सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाबाट प्रतिनिधित्व गर्दै नेपाल भलिबल संघमा प्रवेश गरेकी हुँ। बझाङ, पर्वत र पाल्पासँग पनि मेरो नजिकको सम्बन्ध छ। भलिबल संघमा प्रवेश गर्नुमा मेरो लक्ष्य र उद्देश्य भनेको भलिबललाई विस्तार, विकास गर्दै राष्ट्रिय रुपमा व्यापकता दिनु हो,’ उनको घोषणा पत्रमा उल्लेख छ।

यस्तो छ मतदाता सूची






प्रकाशित: Sep 07, 2022| 17:29 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।