बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • एनपीएल : पोखरा एभेन्जर्सलाई सुदूरपश्चिमको १९४ रनको विशाल लक्ष्य

एनपीएल : पोखरा एभेन्जर्सलाई सुदूरपश्चिमको १९४ रनको विशाल लक्ष्य

 |  शुक्रबार, मंसिर ५, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ५, २०८२

काठमाडौं। नेपाल प्रीमियर लिग (एनपिएल) सिजन–२ मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १९४ रनको विशाल लक्ष्य दिएको छ।

टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर सुदूरपश्चिमका ओपनर ब्याट्सम्यान जोस ब्राउनको अर्धशतकको सहयोगमा १९३ रन जोडेको हो।

उनले २९ बलको सामना गरी तीन छक्का र पाँच चौकाको मद्दतले अर्धशतक पूरा गरेका हुन्।

जारी सिजनको एनपीएलमा अर्धशतक प्रहार गर्ने उनी सुदूरपश्चिमका दोस्रा खेलाडी हुन्।

यसअघि, काठमाडौं विरुद्धको खेलमा सुदूरपश्चिमका हरमित सिंहले २० बलमा ५३ रन बनाएका थिए।

एनपीएलमा पोखरा पहिलो जितको खोजीमा भिड्दै छ भने सुदूरपश्चिम भने दोस्रो जितको खोजीमा छ।

सुदूरपश्चिमले पहिलो खेलमा काठमाडौंलाई पराजित गरेको थियो। पोखरा भने विराटनगर किंग्ससँग पहिलो खेलमा पराजित भएको थियो।

प्रकाशित: Nov 21, 2025| 18:26 शुक्रबार, मंसिर ५, २०८२
प्रतिक्रिया दिनुहोस्