सोमबार, भदौ १५, २०८३

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

 |  शुक्रबार, मंसिर ५, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ५, २०८२

काठमाडौं- अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको छ। बिहीबारको तुलनामा आज दुवै धातुको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा रु एक हजार ३०० ले घटेको छभने त्यति नै परिमाणको चाँदी रु ८५ ले घटेको छ। आज एक तोला सुनको मोल रु दुई लाख ४१ हजार ७०० निर्धारण भएको छ। त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु तीन हजार १०० कायम भएको छ। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: Nov 21, 2025| 13:07 शुक्रबार, मंसिर ५, २०८२
प्रतिक्रिया दिनुहोस्