शुक्रबार, कात्तिक २८, २०८२

मेलम्ची र इन्द्रावतीमा बाढीपछि खेल गतिविधि शून्य

मेलम्ची र इन्द्रावतीमा आएको बाढीपछि जिल्लाको पश्चिमी भेगमा खेल गतिविधि कम भएका छन्। कोरोना महामारी र त्यसपछिको बाढीले भएका संरचना बगाउँदा खेल गतिविधि लगभग शून्य नै छ।
 |  बुधबार, भदौ २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २२, २०७९

सिन्धुपाल्चोक- मेलम्ची र इन्द्रावतीमा आएको बाढीपछि जिल्लाको पश्चिमी भेगमा खेल गतिविधि कम भएका छन्। कोरोना महामारी र त्यसपछिको बाढीले भएका संरचना बगाउँदा खेल गतिविधि लगभग शून्य नै छ।

National life

अभ्यासका लागि खेल मैदान नभए पनि सिन्धुपाल्चोकका खेलाडी उत्पादन भने उत्साहजनक छ। सिन्धुपाल्चोकले थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पदक हासिल गर्ने खेलाडी जन्माएको छ। यी खेलाडीले जिल्ला र देशकै नाम उँचो बनाएका छन्। खेल जितेर फर्किंदा वाहवाही पाए पनि यी खेलाडीको सङ्घर्ष भने सहज छैन।

क्षमता भए पनि खेलकुदका गतिविधि बढाउन अभ्यास खेलका लागि जिल्लामा उपयुक्त मैदान नै छैनन्। प्रतिस्पर्धामा जितेका बेला भाषण गर्ने स्थानीय नेताहरूले खेलकुदको विकासका लागि प्रतिबद्ध रहेको जनाउँदै आए पनि स्थानीय तहले खेल क्षेत्रमा पर्याप्त बजेट नै विनियोजन गरेका छैनन्।

जिल्लामा जुनसुकै खेलकुद प्रतियोगिता गर्न कुनै चाडपर्व वा मेला कुर्नुपर्ने र भइहाले पनि कहाँ सञ्चालन गर्ने भन्ने ठूलो चिन्ता आयोजकलाई भइरहन्छ। जिल्ला तथा प्रदेशस्तरका खेलकुद प्रतियोगिता खेल मैदानका अभावले प्रायःजसोे विद्यालयका साँघुरा चौरमा हुने गर्छन्। अहिले एक स्थानीय तह एक खेलकुद मैदान अवधारणा सिन्धुपाल्चोकका सबै स्थानीय तहले अघि बढाएका छन्। 

जिल्लाको १२ स्थानीय तहमध्ये चौतारामा मिनी रंगशाला निर्माण भइरहेको छ भने सुनकोसीमा वसन्तपुर खेलमैदान अहिले पनि सञ्चालनमा छ। जिल्लाको लिशङ्खुपाखर गाउँपालिकामा लामाचौर खेलमैदान रहेको छ भने पाँचपोखरीको खेलमैदान नै नभए पनि सेराफाँटमा विभिन्न प्रतियोगिता खेलाउँदै आएको छ। 

Laxmi sunrise bank
kumari

इन्द्रावतीमा पनि केही मैदान निर्माण भएका छन्। मेलम्ची नगरपालिकामा अघिल्लो कार्याकालमै निर्माण भएको खेलमैदान कर्भड हल गत वर्षको बाढीले बगाएपछि अहिले खेल मैदानको खोजीमा नगरपालिका लागिपरेको छ। जिल्लाको हेलम्बु, जुगल, बलेफी, भोटेकोसी र त्रिपुरासुन्दरी गाउँपालिकामा पनि अहिलेको अवस्थामा खेल मैदानको अभाव छ। बाह्रबिसे नगरपालिकामा भने केही वडामा सानातिना मैदान भए पनि पर्याप्त नभएको पाइएको छ। 

यसरी हेर्दा इन्द्रावती, सुनकोसी, चौतारा, लिसङ्खुपाखरबाहेकका पालिकामा पर्याप्त खेलमैदान नभएको जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष शिव देउजाले जानकारी दिए।

जिल्लामा भलिबल, फुटबल, कराँते, क्रिकेट खेलको मोह बढ्दै गएको छ। कोरानापछि खेल क्षेत्रलाई अगाडि बढाउन नसकेको खेल क्षेत्रका जानकार बताउँछन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, रेफ्री तथा प्रशिक्षकलाई स्थानीय तहदेखि केन्द्रीय सरकारसम्मले उनीहरुको माग र आवश्यकतालाई सम्बोधन गर्न नसकेको अन्तर्राष्ट्रिय कराँते प्रशिक्षक तथा नेपाल गोजुरियो कराँते दो सङ्घका केन्द्रीय सचिव सानुबाबु गिरीले बताए।

उनले पुराना खेलाडीलाई सम्मान र नयाँ खेलाडीलाई हौसला दिँदै प्रोत्साहन गर्नसके खेलाडी खेलक्षेत्रमा आकर्षित हुने बताए। चाडबाडका अवसरमा दर्जनभन्दा बढी खेलकुद प्रतियोगिता हुने सिन्धुपाल्चोकमा कोरोना कारणले गर्दा अहिले खेल क्षेत्र सुस्ताएको छ।

जिल्लामा खेलप्रतिको आकर्षण धेरै छ। तर खेलका लागि पूर्वाधार अभावका कारण जिल्लामा आयोजना हुने प्रतियोगिता खुम्चिँदै गइरहेको जिल्ला भलिबल संघका उपाध्यक्ष रामचन्द्र सापकोटाले बताए। खेलप्रतिको आकर्षण व्यापक भए पनि स्तरीय मैदान अभावले खेल प्रतिभा पलायन हुने स्थिति बनेको सापकोटाको भनाइ छ।

जिल्लामा प्रतिभा धेरै भए पनि पूर्वाधार अभावमा पलायन हुने स्थिति बनेको फुटबल खेलाडी आशिष श्रेष्ठले बताए। 'मजस्ता फुटबल खेलाडी धेरै उत्पादन हुन सक्छन्,' उनले भने, 'यहाँ पूर्वाधार नभएकै कारण खेल प्रभावित भएको छ।'

जिल्लामा खेलसम्बन्धी तालिम नभएको र व्यवस्थापनको कमजोरीका कारण जिल्लाको खेल खुम्चिँदै गएकोप्रति श्रेष्ठ  चिन्तित छन्। खेल क्षेत्रको विकासका लागि राज्य उदासीन भएकाले क्रमिकरूपमा खेल खुम्चँदै गएको खेलप्रेमी बताउँछन्। 

प्रकाशित: Sep 07, 2022| 23:15 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।