शुक्रबार, कात्तिक २८, २०८२

भारतीय केरा आयातमा रोक लगाउन माग

‘एकातिर चितवनमा केराको उत्पादन बढीरहेको छ, अर्कोतिर भारतीय अवैध केरा निर्वाध रुपमा आयात भइरहेको छ। जसले गर्दा चितवनको केराको बजारीकरणमा अत्यन्त अप्ठयारो अवस्थामा रहेको छ,’ उनले भने।
 |  बुधबार, भदौ २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २२, २०७९

भरतपुर- चितवन केरा उत्पादक संघले भन्सार छलेर भित्र्याइएका भारतीय केरा आयातमा रोक लगाउन माग गरेको छ। संघले बुधवार पत्रकार सम्मेलन गरी एक हप्ता भित्रमा केरा आयातमा रोक लगाउनुपर्ने बताएको हो। भारतीय केराको आयात भदौ २९ गतेसम्म नरोकिए किसानहरु चरणबद्ध रुपमा आन्दोलनमा उत्रिने व्यवसायीले चेतावनी दिएका छन्।

National life

संघका अध्यक्ष माधवप्रसाद घिमिरेले चितवनमा वार्षिक ७० हजार मेट्रिकटन केरा उत्पादन भएपनि बाहिरबाट आयात हुँदा जिल्लाको उत्पादनले बजार नपाएको बताउँछन्। ‘एकातिर चितवनमा केराको उत्पादन बढीरहेको छ, अर्कोतिर भारतीय अवैध केरा  निर्वाध रुपमा आयात भइरहेको छ। जसले गर्दा चितवनको केराको बजारीकरणमा अत्यन्त अप्ठयारो अवस्थामा रहेको छ,’ उनले भने।  

समयमै समस्याको समाधान हुन नसके व्यवसायिक रुपमा केरा खेतीमा लागेका कृषक व्यवसायबाटै पलायन हुनसक्ने जोखिम बढेको अध्यक्ष घिमिरे बताउँछन्। भारतीय केरालाई विस्थापित गरी देशलाई केरामा आत्मनिर्भर बनाउन सम्पूर्ण उपभोक्ता, सरकारी तथा गैरसरकारी निकायले सहयोग गर्नुपर्ने संघले बताएको छ। 

केरा उत्पादक संघका निवर्तमान अध्यक्ष घननाथ महत्तो चाडबाड लक्षित गरेर हरियो र मालभोग जातको केरा उत्पादन गरेको भएपनि अहिले भारतीय केराको कारण बजारीकरणको समस्या भइराखेको बताउँछन्। ‘चितवनमा पहिले हरियो केरा पशस्त उत्पादन भइराखेको छ। पछि भारतीय बजारको प्रभावले मौसमी मात्र होइन बेमौसममा पनि मालभोग केरा उत्पादन बढ्दै गएको छ। तर भारतीय केराले हाम्रो सबै बजार खाइदिएको छ,’ उनले भने। 

भारतीय केरा नेपाल भित्राउनका लागि एलसी ‘लेटर अफ क्रेडिट’ खोलेरमात्रै भित्राउन पाइने भए पनि त्यो बिनै अवैध रुपमा केरा भित्रिएकाले किसान ‘पिक आवर’मै मर्कामा परेको उनको गुनासो छ।  

Laxmi sunrise bank
kumari

‘अहिले मेरो बारीमा पनि ४०-५० घारी केरा पाकिराखेको छ। बजार लगे बिक्रि हुँदैन त्यसै फाल्नुपर्ने स्थिती आइसकेको छ,’ उनी भन्छन्। चितवनमा हाल  ७२२ जना कृषकले ३ हजार २०० विघा क्षेत्रफलमा केरा खेती गर्दै आएका महत्तो बताउँछन्। 

प्रकाशित: Sep 07, 2022| 20:48 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।