शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • कमजोर माल्दिभ्सलाई हारमा पनि सन्तुष्टि, बंगलादेशलाई अवसर खेर गएको चिन्ता

कमजोर माल्दिभ्सलाई हारमा पनि सन्तुष्टि, बंगलादेशलाई अवसर खेर गएको चिन्ता

दशरथ रंगशालामा आयोजित महिला साफ च्याम्पियनसिपको तेस्रो खलमा बंगलादेशले माल्दिभ्सलाई ३–० ले हराएको हो। बंगलादेशको जितका लागि सविना खातुनले दुई गोल गरिन भने मारिया मन्डाले पनि एक गोल गरिन्।
 |  बुधबार, भदौ २२, २०७९

विनय सापकोटा

विनय सापकोटा

बुधबार, भदौ २२, २०७९

काठमाडौं- बंगलादेश र माल्दिभ्सको खेलबीचको पहिलो हाफमा बंगलादेशले तीन गोलको अग्रता बनाएको थियो। सोही अग्रतालाई कायम राख्दै बंगलादेशले साफमा जितसहित प्रतियोगिताको सुरवात गरेको छ।

triton college

दशरथ रंगशालामा आयोजित महिला साफ च्याम्पियनसिपको तेस्रो खलमा बंगलादेशले माल्दिभ्सलाई ३–० ले हराएको हो। बंगलादेशको जितका लागि सविना खातुनले दुई गोल गरिन भने मारिया मन्डाले पनि एक गोल गरिन्।

बंगलादेशी टिमका मुख्य प्रशिक्षक गोलोन रवानी छोटोनले आफ्ना खेलाडीले राम्रो खेल्दै जित निकालेको बताएका छन्। उनले भने, ‘उनीहरुले राम्रो खेलेका छन्। यो हाम्रो लागि टफ प्लान थियो। इन्टेनसिटी चाहीँ राम्रो नै थियो। स्कोरको लागि धेरै राम्रो थियो। हामीले खेलको धेरै अवसर बनाएको पनि हो।’

यता माल्दिभ्सकी कप्तान अमिनाथ लिजाले जितका लागि बंगलादेशलाई बधाइ दिएकी छन्। खेलको अवधिभरी बंगलादेशले मिड जोन कटाएर खेलेको थियो। खेलमा पूरा समय दबाबमा रहेको माल्दिभ्सले एक पटक पनि बंगलादेशको पोस्टमा अट्याक गर्न सकेन। यता बंगाली गोलकिपर भने सबैजसो समय खाली नै रहिन्।

यद्यपि बंगलादेशले पहिले गोल गर्नका लागि ३३ मिनेट लगाएको थियो। ३३ औं मिनेटमा सबिना खातुनले पेनाल्टी बक्स बाहिरबाट सुन्दर प्रहार गर्दै बल पोस्टको जालीसम्म पुर्‍याएकी थिएन्। पोस्टमा सतर्क रहेकी अमिनाथ लिजाले पनि बल रोक्न सकिनन्। पहिलो गोल गर्न समय लिए पनि बंगलादेशले अग्रता दोब्बर बनाउन भने समय लिएन। ३४ औं मिनेटमै मासुर प्राविनले गोल गरिन्। माल्दिभ्सको डिफेन्डरलाई बिट गर्दै उनले सहजै गोल गरेकी थिइन्।

corrent noodles
Metro Mart

खेलको ४० औं मिनेटमा सविनाले अर्को गोल थपिन्। मारिया मान्डाले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार पहिले त गोलकिपर लिजाले नियन्त्रणमा लिने प्रयास गरेकी थिइन्। लिजाको प्रयास सफल नभएपछि सविनाले बल खोस्दै लिएर पोस्टमा प्रहार गरेकी थिइन्।

खेलको ५७ औं मिनेमा डिफेन्डर मसुरा प्रविनले गरेको भली प्रहार क्रसबारको नजिकैबाट बाहिरिएको थियो। खेलमा बंगलादेशले आक्रमणका धेरै प्रयास गरे पनि उसको १२ वटा प्रयास त अफसाइड नै भए। यद्यपि उसले सहजै जित निकाल्यो।

यो जितसँगै बंगलादेशले तीन अंक जोडेको छ। यससँगै बंगलादेश समूह ए को शीर्षस्थानमा रहेको छ। समान तीन अंक भएको भारत भने तालिकाको दोस्रो स्थानमा छ। यता पाकिस्तान र माल्दिभ्स भने अंकविहीन छन्। यता समूह एको पहिलो खेलमा नेपालले भुटानलाई ४–० ले हराएको थियो।

माल्दिभ्सको प्रशिक्षक अहमद सरिफले आफूले बेस्ट दिए पनि स्कोर गर्न नसकेको बताएका छन्। खेल अवधिभर कमजोर देखिएको टिम खन्तिम समयमा माल्दिभ्सका खेलाडी थकित देखिएका थिए। के यो थकान फिटनेस अभावको कारण हो? जवाफमा प्रशिक्षक सरिफले भने, ‘हामीलाई यहाँको वेदर चिसो र उचाई धेरै भएको हो। हामी ३२ डिग्रीमा खेल्ने बानी परेका खेलाडी हौं। तर खेलको कुरा गर्दा हामीलाई फिजिकल फिटनेसको पनि आवश्यकता चाहीँ छ।’

प्रशिक्षक सरिफले आफूले बेस्ट दिए पनि बंगलादेशको टेक्निकल लेभल थाहा भएर सुरुबाटै होपलेस भएको बताएका छन्। उनले भने, ‘उनीहरुको तयारी पनि थाहा थियो। हामी अको खेलको लागि केन्द्रित छौं। म यो खेलमा खेलाडीका  प्रदर्शनका खुसी छु। यो तीन गोलको कुरा होइन्।’

सविना बंगलादेशको उत्कृष्ट खेलाडी हुन्। ‘सविनाविरुद्ध हाम्रो स्पेसल योजना थिएन। महिला फुटबलमा उनी राम्रो खेलाडी हुन्। उनी गेमचेन्जर हुन्। त्यो टिमको अनुभव पनि हो,’ उनले भने। पहिलो हाफमा तीन गोलको सामना गरे पनि माल्दिभ्सले दोस्रो हाफमा भने गोलको सामना गरेन। यसबारे प्रशिक्षकले भने, ‘हामीले टेक्निकल खेलाडी परिवर्तन गरेका थियौँ। अपोजिसनको आधारमा हामीले योजना अलिकति परिवर्तन गरेको हो।’

यता माल्दिभ्सकी कप्तान अमिनाथ लिजाले आफ्ना खेलाडीमा अन्तर्राष्ट्रिय खेलको अभ्यास नभएको पनि बताएकी छन्। उनले भनिन्, ‘हामीसँग भएका केही खेलाडीसँग अन्तर्राष्ट्रिय खेलको अनुभव नै थिएन। यद्यपि उनीहरुले राम्रो खलेका छन्। हामीले राम्रो गर्ने कोसिस गरेको हो।’

 बंगलोदेशी टिमकी कप्तान सविना खातुनले आफ्नो लक्ष्य नै जित्‍ने रहेको र जित निकालेकोमा खुसी रहेको पनि बताएकी छन्।


प्रकाशित: Sep 07, 2022| 20:28 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।