मंगलबार, वैशाख २९, २०८३

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकद्वारा सामूहिक राजीनामा

अस्पतालमा काम गर्ने वातावरण नभएको, शान्ति सुरक्षाको प्रत्याभुति नभएको भन्दै प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीहरुले सामूहिक राजीनामाको घोषणा गर्दै उपकुलपतिलाई पत्र बुझाएका छन्।
 |  बुधबार, भदौ २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २२, २०७९

काठमाडौं- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका सम्पूर्ण  चिकित्सकले सामूहिक राजीनामाको घोषणा गरेका छन्। अस्पतालमा काम गर्ने वातावरण नभएको, शान्ति सुरक्षाको प्रत्याभुति नभएको भन्दै प्रतिष्ठानमा कार्यरत  स्वास्थ्यकर्मीहरुले सामूहिक राजीनामाको घोषणा गर्दै उपकुलपतिलाई पत्र बुझाएका छन्। 

National life

गत भदौ २ गते डा. करण साहमाथि प्रतिष्ठानकै कर्मचारीले कुटपिट गरेका थिए। घटना पछि पिडित डा. शाहलाई नै झुटा मुद्दा लगाएर पक्राउ पुर्जी जारी गरेपछि चिकित्सकहरु आन्दोलति बन्‍नुपरेको उनीहरुको भनाइ छ। 

शान्तिपूर्ण तरिकाले आन्दोलन गर्दा माग सम्बोधन नभएपछि सामूहिक राजिनामा दिनुपरेको चिकित्सकहरुले बताएका छन्। चिकित्सकले डा. साहमाथि जारी पक्राउ पुर्जी खारेज गर्नुपर्ने माग गरेका छन्। 

नाबालाकलाई प्रयोग गरी मुठभेडको अवस्था सिर्जना गरेको भन्दै चिकित्सकहरुले यस्तो वातावरणमा काम गर्न नसक्ने जनाएका छन्।


 

प्रकाशित: Sep 07, 2022| 19:33 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्