शुक्रबार, असोज २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मर्जरको लहर : १९ मा सीमित हुँदै वाणिज्य बैंक

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत पुससम्म मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाहरूलाई विभिन्न सुविधा दिने व्यवस्था गरेपछि पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरू धमाधम मर्जरमा जान थालेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

कार्यकारणी सदस्य कार्कीसहित १० नेताले जसपा त्यागे

जनता समाजवादी (जसपा)का केन्द्रीय कार्यकारणी सदस्य युवराज कार्कीसहित १० जना नेताले पार्टी परित्यागको घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

१६५ संघीय निर्वाचन क्षेत्रमा खुल्दै निर्वाचन अधिकृतको कार्यालय

आयोगले मुख्य निर्वाचन अधिकृत ७७, निर्वाचन अधिकृत ८८ र निर्वाचन अधिकारी ७७ सहित तोकेरै निर्वाचन अधिकृतको कार्यालय खोल्न लागेको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

नेपालको जितमा अञ्जनको कमब्याक जादू र प्रशिक्षक हुमागाईंको व्यंग्य

बंगलादेशविरुद्ध अञ्जनका लागि एउटा खेलमात्र थिएन। धेरै पछि देशको झण्डा छातीमा लाएर खेल्न पाएका थिए। होस्टलमा सुविधा थप गर्न माग गर्दा राष्ट्रिय टिमबाटै निकालिएको प्रसंगलाई पनि संकेत गरे उनले खेलपछि।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

दसैं मनाउन स्वदेश फर्किए मुग्लान पसेकाहरू

भारतसँग साँधसीमा जोडिएका पश्चिम नेपालका दार्चुलाको धार्चुला, बैतडीको झुलाघाट, कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर–गौरीफन्टा र बाँकेको जमुनाह नाकाबाट दसैं मनाउन स्वदेश फर्किने नेपालीको भीड बढेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

बागलुङको गल्कोटमा लक्ष्मी बैंकको नयाँ शाखा

लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा १४३औँ शाखा बागलुङ जिल्लाको गल्कोट नगरपालिकाको वडा न. ३ को हटिया बजारमा सञ्चालनमा ल्याएकोे छ ।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

एनएमबी बै‌कको बडा दशैंमा बडा डिजिटल धमाका

एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङ छुट र क्यासब्याक सुविधा प्रदान गर्न बिभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको जनाएको छ ।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

नागरिक लगानी कोषले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयरको प्रत्याभूति गर्ने

नागरिक लगानी कोषले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयरको प्रत्याभूति गर्ने भएको छ । मंगलबार कोष र हाइड्रोपावर कम्पनी बीच प्रत्याभूति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

कमेडियन हिमेश पन्त धादिङबाट प्रतिनिधिसभा उम्मदेवार बन्ने

उनलाई रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार सिफारिस गरेको छ। रियालिटी शो ‘कमेडी च्याम्पियन’ बाट चर्चामा आएका पन्त धादिङकै स्थानीय हुन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

कमेडीयन हिमेश पन्त राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने

कमेडीयन हिमेश पन्त धादिङबाट प्रतिनिधि सभामा उम्मेदवार बन्ने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

एफवान सफ्टको ग्रुप स्ट्राटेजी डाइरेक्टरमा डेनियल डि श्रेष्ठ नियुक्त

एफवान सफ्ट ग्रुपको स्ट्राटेजी डाइरेक्टरमा डेनियल डि श्रेष्ठ नियुक्त भएका छन्। श्रेष्ठलाई एफवान सफ्ट ग्रुपको सञ्चालक समितिको बैठकले स्ट्राटेजी डाइरेक्टरमा नियुक्त गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे...
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

आविष्कार केन्द्रलाई बन्द कृषि औजार कारखाना सञ्चालन जिम्मा

बन्द कारखाना पुनः सञ्चालनका लागि मंगलबार अर्थ मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच १२ बुँदे सम्झौतामा हस्ताक्षर भएको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

बाँके भन्सार गेटमा मोटरसाइकल ठोक्किँदा एक भारतीयको मृत्यु

बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय नागरिकको ज्यान गएको छ। नेपालगञ्ज उपमहानगरपालिका-१५ भन्सार गेटको ब्यारेकमा गएराती मोटरसाइकल ठोक्किँदा उनको ज्यान गएको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

आईपीओ निष्कासन गर्न ३ कम्पनीले दिए बोर्डमा आवेदन

मोदी इनर्जी, सोनापुर मिनिरल्स एन्ड आयल र माई खोला जलविद्युत् कम्पनीले आईपीओ निष्कासन अनुमति माग्दै बोर्डमा दिए आवेदन।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

हिमपहिरोमा हराएकी अमेरिकी स्कि माउन्टेनर हिलारीको शव भेटियो

गोरखा र मनाङको सीमामा हिलारीको शव भेटिएको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

संगठित र एकढिक्का भएर चुनावमा जान नेता, कार्यकर्तालाई विवेकशील साझाको अपिल

पार्टी अध्यक्ष समीक्षा बास्कोटाले भिडिओ अपिल जारी गर्दै विवेकशील साझा स्थापनाकालको प्रतिबद्धताअनुसार नै अगाडि बढिरहेको बताएकी हुन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

सात वर्षीया बालिकामाथि यौन दुरूपयोग अभियोगमा एक जना पक्राउ

सात वर्षीया बालिकालाई बाल यौन दुरूपयोग गरेको अभियोगमा लेटाङ नगरपालिका-२ बुधबारे बस्ने २१ वर्षीय बिशाल रम्तेललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

नेपाल आइपुगिन् अमेरिकी सहायक विदेशमन्त्री ट्रुडो

विश्वव्यापी सार्वजनिक मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री ट्रुडो नेपाल भ्रमणका लागि बुधबार बिहान काठमाडौं उत्रिएकी हुन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

तोलामा दुई सयले बढ्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य दुई सयले बढेको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९