शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपालको जितमा अञ्जनको कमब्याक जादू र प्रशिक्षक हुमागाईंको व्यंग्य

नेपालको जितमा अञ्जनको कमब्याक जादू र प्रशिक्षक हुमागाईंको व्यंग्य

बंगलादेशविरुद्ध अञ्जनका लागि एउटा खेलमात्र थिएन। धेरै पछि देशको झण्डा छातीमा लाएर खेल्न पाएका थिए। होस्टलमा सुविधा थप गर्न माग गर्दा राष्ट्रिय टिमबाटै निकालिएको प्रसंगलाई पनि संकेत गरे उनले खेलपछि।
 |  बुधबार, असोज १२, २०७९

विनय सापकोटा

विनय सापकोटा

बुधबार, असोज १२, २०७९

काठमाडौं– नेपालले मंगलबार बंगलादेशविरुद्ध २४ औं पटक खेल्दा दशरथ रंगशालामा फरवार्ड अञ्जन विष्टले जादू नै गरे। उनले आफ्नो ५० औं खेलको २० मिनेटमै ह्याट्रिक पूरा गरेर देखाइदिए, त्यो पनि पहिलो हाफमा। यसरी पहिलो हाफमै ह्याट्रिक पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् विष्ट। अनि नेपाली टिमका समर्थकले देख्न पाएको ६ वर्षपछिको ह्याट्रिक हो यो।

triton college

उनको तीन गोलसँगै नेपालले बंगलादेशलाई ३–१ ले हराएको छ। ‘यो जितको श्रेय खेलाडीलाई जान्छ। म त्यसको सानो हिस्सा मात्र हो,’ जितपछि मुख्य प्रशिक्षक प्रदीप हुमाइगाईंले भने, ‘जसको समर्पण, नविनता, प्रतिबद्धता, जसको इथिक्स, डिगनिटी जसको इम्प्याथी र जोसँग राष्ट्रियता छ त्यसबाट प्राप्त गरेको जित हो यो।’

खेल जीवनको उच्च फर्मममा रहेका अञ्जनले मंगलबार दुई हेडर गोल गरे भने एक पटक दायाँ खुट्टाले। खेलको सुरुआति समय मिडफिल्डमै गुडिरहेको बललाई नेपालले नवौं मिनेटमा पहिलो प्रयास गरेको थियो। खेलको १८ औं मिनेटमा चाहिँ नेपालले अग्रता लियो। विमल घर्ती मगरले दायाँ साइडबाट बायाँ खुट्टाले गरेको प्रहारलाई अञ्जनले हेडरमार्फत गोल गरे। त्यस्तै खेलको २७ औं मिनेटमा तेज तामाङले दोस्रो बारमा प्रहार गरेको बल भने गोलकिपर अनिसु रहमानले मुस्किलले बचाएका थिए। पुनः मैदानमै फर्किएको त्यो बललाई अञ्जनले एक नजर पोस्टमा हेरेर प्रहार गरे र अग्रता दोब्बर बनाए।

उनले ३८ औं मिनेटमा ह्याट्रिक पूरा गरे। यो गोल चाहिँ विशाल राईको फ्रि किक बलबाट थियो। खेलपछि अञ्जन विष्टले देशलाई जित दिलाउन सधै डटेर खेल्ने बताएका छन्। ‘आज तीन गोल गरिसकेपछि अझै अट्याकिङमा चढेर खेल्न सकिन्थ्यो होला तर म तल बसेर खेलेँ। म गोलभन्दा पनि आफ्नो टिम हेर्छु। जितेपछि एक न एकजनाले स्कोर गरिहाल्छ। कहिले म त कहिले अरु पर्छन्,’ खेलपछिको कुराकानीमा अञ्जनले भने।

बंगलादेशविरुद्ध अञ्जनका लागि एउटा खेलमात्र थिएन। धेरै पछि देशको झण्डा छातीमा लाएर खेल्न पाएका थिए। होस्टलमा सुविधा थप गर्न माग गर्दा राष्ट्रिय टिमबाटै निकालिएको प्रसंगलाई पनि संकेत गरे उनले खेलपछि।

उनले राष्ट्रिय टिमबाट १० गोल पूरा गरेका छन्। अब उनी सर्वाधिक गोलको कीर्तिमान बराबरी गर्नबाट एक गोल मात्र टाढा रहेका छन्। राष्ट्रिय टिमबाट उनको यो पहिलो ह्याट्रिकसमेत हो।

corrent noodles
Metro Mart

समग्रमा राष्ट्रिय टिमबाट ह्याट्रिक गर्ने उनी छैटौं खेलाडी भए। यसअघि २०१६ मा नवयुग श्रेष्ठ, २०१३ मा भरत खवास, २००१ म निराजन रायमाझी, १९९९ मा नरेश जोशी र १९८७ मा गणेश थापाले पनि ह्याट्कि गरेका थिए। यता दशरथ रंगशालामा भने पछिल्लो पटक भरतले ह्याट्रिक गरेका थिए। नौ वर्षपछि नेपाली समर्थकले रंगशालामा ह्याट्रिकको प्रत्यक्ष अनुभव गर्न पाए।

ए डिभिजन लिग र मोफसलमा खेलिरहने अञ्जनलाई यकिन त छैन तर उनलाई लाग्छ पाँच–छ वटा ह्याट्रिक गरिसकेका छन्। ‘सबै गरेर पाँच ह्याट्रिक भयो होला। तर आजको गोलको खुसी शब्दमा बयान नै गर्न सक्दिन होला। धेरै खुसी छु भनौँ,’ उनले आफ्नोबारे भने।

प्रकाशित: Sep 28, 2022| 14:29 बुधबार, असोज १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।