बुधबार, असार ३, २०८३

आईपीओ निष्कासन गर्न ३ कम्पनीले दिए बोर्डमा आवेदन

मोदी इनर्जी, सोनापुर मिनिरल्स एन्ड आयल र माई खोला जलविद्युत् कम्पनीले आईपीओ निष्कासन अनुमति माग्दै बोर्डमा दिए आवेदन।
 |  बुधबार, असोज १२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज १२, २०७९

काठमाडौं– ३ वटा कम्पनीले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न धितोपत्र बोर्डमा आवेदन दिएका छन्। दुई हाइड्रोपावर र एउटा उत्पादनमूलक समूहको सिमेन्ट उद्योगले आईपीओ निष्कासन गर्न बोर्डमा आवेदन दिएका हुन्।

National life

३ कम्पनीले २ अर्ब १४ करोड ७१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको २ करोड १४ लाख ७१ हजार ५६८ कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति मागेका हुन्।

बोर्डका अनुसार मोदी इनर्जी लिमिटेडले ७२ करोड ५० लाख रुपैयाँ बराबरको ७२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ। ३१ भदौमा बोर्डमा आवेदन दिएको कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सन्राइज क्यापिटल रहेको छ।

सिमेन्ट उद्योग सोनापुर मिनिरल्स एन्ड आयल लिमिटेडले १ अर्ब २३ करोड रुपैयाँ बराबरको १ करोड २३ लाख कित्ता साधारण सेयर सार्वजनिक निष्कासनमार्फत बिक्री गर्न बोर्डमा आवेदन दिएको छ। कम्पनीले ४ असोजमा आईपीओ निष्कासनका लागि आवेदन दिएको बोर्डले बताएको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ।

२२ भदौमा माई खोला जलविद्युत् कम्पनीले पनि १९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको १९ लाख २१ हजार ५६८ कित्ता साधारण सेयर निष्कासन अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको छ। कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ। ३ वटासहित बोर्डमा आईपीओ निष्कासन अनुमति पर्खाइमा रहेका कम्पनीको संख्या ३५ पुगेको छ।

Shivam cement

प्रकाशित: Sep 28, 2022| 12:26 बुधबार, असोज १२, २०७९
प्रतिक्रिया दिनुहोस्