शनिबार, असोज ३, २०८३

तोलामा दुई सयले बढ्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य दुई सयले बढेको हो।
 |  बुधबार, असोज १२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज १२, २०७९

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य दुई सयले बढेको हो।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९१ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा ९१ हजार १०० रुपैयाँ कायम छ। 

हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा ९० हजार ९०० रुपैयाँ थियो।

यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ। महासंघले आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर ११ सय ४५ रुपैयाँ कायम भएको जनाएको छ। हिजो मंगलबार यसको मूल्य प्रतितोला ११ सय ५० रुपैयाँ कायम थियो।

प्रकाशित: Sep 28, 2022| 11:22 बुधबार, असोज १२, २०७९
प्रतिक्रिया दिनुहोस्