काठमाडौं- एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङ छुट र क्यासब्याक सुविधा प्रदान गर्न बिभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको जनाएको छ । बैंकले यस उत्सवलाई लक्षित गरी २००० सम्म छुट सुविधाहरू प्रदान गरेको छ ।
एनएमबि बैंकले २०७९, आश्विन १० देखि बडा दशैंमा बडा डिजिटल धमाका सुरु गरेको छ जस अन्तर्गत ग्राहकले मोबाइल बैंकिङ र कार्ड प्रयोग गर्दा २००० सम्म पैसा बचत गर्न सक्नेछन् । डेबिट कार्ड एनएमबि बैंकको ग्राहकहरु डेबिट कार्ड बाट ई–कमर्श/पोसमा कारोवार गर्दा १०% वा ३०० रूपैयाँसम्म क्यासब्याक पाइनेछ ।
क्रेडिट कार्ड : एनएमबि बैंकको ग्राहकहरु क्रेडिट कार्ड बाट ई–कमर्श/पोसमा कारोबार गर्दा २०% वा ५०० रूपैयाँसम्मको क्यासब्याक पाउनेछन्।
ईएनएमबी एपः एनएमबि बैंकको ग्राहकहरुले एपबाट एनटिसी/एनसेल टपअपमा ३% तत्काल क्यासब्याक अफर पाऊनु हुनेछ । त्यस्को साथसाथै एपबाट क्यूआर पेमेन्ट गर्दा १०% वा २०० रूपैयाँसम्मको क्यासब्याक पाउन सकिनेछ ।