मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • संगठित र एकढिक्का भएर चुनावमा जान नेता, कार्यकर्तालाई विवेकशील साझाको अपिल

संगठित र एकढिक्का भएर चुनावमा जान नेता, कार्यकर्तालाई विवेकशील साझाको अपिल

पार्टी अध्यक्ष समीक्षा बास्कोटाले भिडिओ अपिल जारी गर्दै विवेकशील साझा स्थापनाकालको प्रतिबद्धताअनुसार नै अगाडि बढिरहेको बताएकी हुन्।
 |  बुधबार, असोज १२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज १२, २०७९

काठमाडौं– विवेकशील साझा पार्टीले संगठित र एकढिक्का भई आउँदो चुनावमा होमिन नेता, कार्यकर्तालाई अपिल गरेको छ।

पार्टी अध्यक्ष समीक्षा बास्कोटाले भिडिओ अपिल जारी गर्दै विवेकशील साझा स्थापनाकालको प्रतिबद्धताअनुसार नै अगाडि बढिरहेको बताएकी हुन्।

विवेकशील साझा छाडेर निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र राप्रपा प्रवेश गर्दै छन्। यसलाई सामान्य रूपमा लिन बास्कोटाले आग्रह गरेकी छन्।

‘पछिल्ला केही घटनाक्रम लगायत आमसञ्चार माध्यममा जुन हिसाबले विवेकशील साझा पार्टीलाई जोडेर केही समाचार आइरहेका छन्, त्यसमा सम्पूर्ण नागरिक, शुभेच्छुक र पार्टी सदस्य साथीहरूलाई म के भन्न चाहन्छु भने विवेकशील साझा पार्टी एकढिक्का भएर एकै ठाउँमा छौं,’ उनले भनेकी छन्।

उनले मिश्रको नाम नलिई पार्टी प्रवेशको कुरालाई सामान्य रूपमा लिन भनेकी छन्। ‘केही व्यक्तिको अमुक कुनै राजनीतिक दलमा प्रवेशलाई यहाँहरूले सामान्य रूपमा लिइदिनुहुन अनुरोध गर्न चाहन्छु,’ उनले भनेकी छन्।

उनले पार्टीको मर्म र मुल सिद्धान्त देशका नागरिकसामु गरिएका प्रतिबद्धतालाई नभुलीकन अगाडि बढ्ने बताएकी छन्। तराजु चिह्नसहित पार्टीले आगामी चुनावमा भाग लिने उनले स्पष्ट पारेकी छन्।

प्रकाशित: Sep 28, 2022| 11:49 बुधबार, असोज १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...