मंगलबार, साउन १९, २०८३

नेपाल आइपुगिन् अमेरिकी सहायक विदेशमन्त्री ट्रुडो

विश्वव्यापी सार्वजनिक मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री ट्रुडो नेपाल भ्रमणका लागि बुधबार बिहान काठमाडौं उत्रिएकी हुन्।
 |  बुधबार, असोज १२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज १२, २०७९

काठमाडौं- कार्यवाहक अमेरिकी सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रुडो काठमाडौं आएकी छन्। 

विश्वव्यापी सार्वजनिक मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री ट्रुडो नेपाल भ्रमणका लागि बुधबार बिहान काठमाडौं उत्रिएकी हुन्। 

अमेरिकी विदेश मन्त्रालयकी उच्च अधिकारी ट्रुडोले नेपालमा रहँदा मिथ्या सूचना र लोकतन्त्रमा सञ्चारको भूमिकाबारे विभिन्न क्षेत्रका व्यक्तिसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको अमेरिकी विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ। 

अमेरिकी वरिष्ठ कूटनीतिज्ञ ट्रुडोले चीनका तर्फबाट अमेरिका र अमेरिकी मान्यताविरुद्ध फैलाइएका मिथ्या सूचनाको प्रतिवाद कसरी गर्न सकिन्छ भन्नेबारे छलफल गर्नेछिन् । 

अमेरिकी विदेश मन्त्रालय स्टेट डिपार्टमेन्टका अनुसार उनले नेपालमा रहँदा अल्पसंख्यक समूहका अभियन्ता र सञ्चार क्षेत्रका व्यक्तिसँग भेट्नेछिन्। 

नेपाल बसाइमा ट्रुडोले अमेरिकी राजदूत सम्पदा संरक्षण कोषले सहयोग गरिरहेका पाटन दरबार क्षेत्र र वसन्तपुर दरबार क्षेत्रलगायत सांस्कृतिक सम्पदा अवलोकन गर्नेछिन्। 

अमेरिकी कूटनीतिज्ञ ट्रुडोले नेपालमा राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम भने नरहेको अमेरिकी दूतावासका अधिकारीले बताए। 


प्रकाशित: Sep 28, 2022| 11:27 बुधबार, असोज १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...