मंगलबार, साउन १९, २०८३

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।
 |  बुधबार, असोज १२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज १२, २०७९

काठमाडौं– नेकपा एमाले नेता भीम रावल पछिल्लो समय पार्टी सम्पर्कबाट हराएपछि अध्यक्ष केपी ओलीले सोधीखोजी गरेका छन्।बालकोटमा निवासमा पुगेका अछाम जिल्लासहित एमाले सुदूरपश्चिमका नेताहरूसँग ओलीले रावलको पछिल्लो गतिविधिबारे बुझेका हुन्।

‘रावल पार्टी सम्पर्कमा हुनुहुन्न। जिल्लाबाट आ–आफ्नो ढंगले नाम सिफारिस भएको हो। तलबाट नाम आए पनि के गर्ने भन्ने छलफल भइरहेको छ। एकल सिफारिस भए पनि अन्तिम निर्णय पार्टीले गर्ने भयो,’ एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले भने, ‘अध्यक्षले नेताहरूलाई पार्टीको निर्णय र योजनामा हिँड्नू भन्नु स्वाभाविकै हो। पार्टी नेताकहाँ रावलजी जानुपर्छ।, समय लिनुपर्छ। आफ्नो कुरा राख्नुपर्छ।’

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरेको थियो। उनी २०७४ मा त्यही क्षेत्रबाट निर्वाचित भएका थिए। उनी सोही क्षेत्रबाट २०५१ र २०७० मा समेत निर्वाचित भएका थिए। 

२०५६ मा भने रावल पराजित भएका थिए। २०६४ मा उनी समानुपातिक तर्फबाट सांसद बनेका थिए। पार्टीभित्र रडाको भएको अन्तिम समयमा माधव नेपालको साथ छाडेका रावलले दसौं महाधिवेशनमा अध्यक्ष ओलीसँग भिडेका थिए। ओलीले पार्टी सल्लाहकारमा नियुक्त गरे पनि रावलले सो पद अस्वीकार गरेका छन्। 

ओली भेट्न एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्ण थापा, केन्द्रीय सदस्य यज्ञ बोगटी, अछाम इन्चार्ज झपट बोहरा, अछाम अध्यक्ष चन्द्र बोहरालगायतको समूह बालकोट पुगेको थियो।

प्रकाशित: Sep 28, 2022| 13:28 बुधबार, असोज १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...