मोरङ- सात वर्षीया बालिकालाई बाल यौन दुरूपयोग गरेको अभियोगमा लेटाङ नगरपालिका-२ बुधबारे बस्ने २१ वर्षीय बिशाल रम्तेललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।
मादक पदार्थ सेवन गरेका बिशालले सोही ठाउँस्थित मदिरा पसलमा ती बालिकालाई बाल यौन दुरुपयोग गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।