बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाँके भन्सार गेटमा मोटरसाइकल ठोक्किँदा एक भारतीयको मृत्यु

बाँके भन्सार गेटमा मोटरसाइकल ठोक्किँदा एक भारतीयको मृत्यु

बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय नागरिकको ज्यान गएको छ। नेपालगञ्ज उपमहानगरपालिका-१५ भन्सार गेटको ब्यारेकमा गएराती मोटरसाइकल ठोक्किँदा उनको ज्यान गएको हो।
 |  बुधबार, असोज १२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज १२, २०७९

National life

बाँके- बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय नागरिकको ज्यान गएको छ। नेपालगञ्ज उपमहानगरपालिका-१५ भन्सार गेटको ब्यारेकमा गएराती मोटरसाइकल ठोक्किँदा उनको ज्यान गएको हो।

नेपालगञ्जबाट रुपडियातर्फ जाँदै गरेको भारतीय नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भारतका ३२ वर्षीय सन्दिप कुमार साहु गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा नर्सिङहोम नेपालगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार २२ वर्षीय पृथ्बी राजपुल घाइते भएका छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: Sep 28, 2022| 12:39 बुधबार, असोज १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।