काठमाडौं– निर्वाचन आयोगले देशका १६५ वटै संघीय निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय खोल्ने भएको छ। आयोगका अनुसार मुख्य निर्वाचन अधिकृत ७७, निर्वाचन अधिकृत ८८ जना र निर्वाचन अधिकारी ७७ सहित तोकेर निर्वाचन अधिकृतको कार्यालय खोल्न लागिएको हो।
उनीहरूका लागि निर्वाचन व्यवस्थापन प्रशिक्षण बुधबारदेखि सुरु गरिएको पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए। आयोगले १५ देखि २० असोजसम्म १६५ वटै संघीय निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिसक्नेछ।
आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ मनोनयन दर्ता भइसकेको छ। दलहरूले बुझाएको बन्दसूची मिलाएर आगामी १६ असोजमा अन्तिम विवरण टुंगो लगाइनेछ। प्रत्यक्षतर्फ आगामी २३ असोजमा मनोनयन दर्ता हुँदै छ।