शनिबार, असोज ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हिमपहिरोमा हराएकी अमेरिकी स्कि माउन्टेनर हिलारीको शव भेटियो

हिमपहिरोमा हराएकी अमेरिकी स्कि माउन्टेनर हिलारीको शव भेटियो

गोरखा र मनाङको सीमामा हिलारीको शव भेटिएको हो।
 |  बुधबार, असोज १२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज १२, २०७९

काठमाडौं– अमेरिकी स्कि माउन्टेनर ४९ वर्षीया हिलारी नेल्सनको शव फेला परेको छ। मनास्लु हिमाल पर्वतारोहणका लागि गएकी उनी मंगलबार हिमालको तल्लो क्षेत्रमा हिमपहिरोमा परी हराएकी थिइन्। 

मनाङ प्रहरीका अनुसार गोरखा र मनाङको सीमामा हिलारीको शव भेटिएको हो। 

‘शव फेला परेको छ। गोरखा र मनाङको सीमामा शव फेला परेको हो। अहिले शव बेसक्याम्पमा झारिएको छ। गोरखासँग समन्वय गरेर काठमाडौं पठाउने तयारी भइरहेको छ’, मनाङका डीएसपी सागर केसीले भने।

अनुभवी स्कि माउन्टेनर नेल्सनले सन् २०१२ मा उनले सगरमाथाको आरोहण गरेकी थिइन्। त्यसपछि लगत्तै २४ घन्टामा उनले ल्होत्से हिमाल आरोहण गरेकी थिइन्। 

धेरैजसो उनी आफ्ना पति जिम मौरिसनसँगै हिमाल आरोहणका लागि जाने गरेकी थिइन्। मंगलबार मनास्लु आरोहणमा जाँदा पनि मौरिसन उनीसँगै थिए।

उनी सोही क्रममा उनको स्कि ब्लेड चिप्लिएर खसेकी थिइन्।


प्रकाशित: Sep 28, 2022| 12:18 बुधबार, असोज १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।