शनिबार, असोज ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एफवान सफ्टको ग्रुप स्ट्राटेजी डाइरेक्टरमा डेनियल डि श्रेष्ठ नियुक्त

एफवान सफ्टको ग्रुप स्ट्राटेजी डाइरेक्टरमा डेनियल डि श्रेष्ठ नियुक्त

एफवान सफ्ट ग्रुपको स्ट्राटेजी डाइरेक्टरमा डेनियल डि श्रेष्ठ नियुक्त भएका छन्। श्रेष्ठलाई एफवान सफ्ट ग्रुपको सञ्चालक समितिको बैठकले स्ट्राटेजी डाइरेक्टरमा नियुक्त गरेको हो।
 |  बुधबार, असोज १२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज १२, २०७९

काठमाडौं- एफवान सफ्ट ग्रुपको स्ट्राटेजी डाइरेक्टरमा डेनियल डि श्रेष्ठ नियुक्त भएका छन्। श्रेष्ठलाई एफवान सफ्ट ग्रुपको सञ्चालक समितिको बैठकले स्ट्राटेजी डाइरेक्टरमा नियुक्त गरेको हो। 

उनी यसअघि एफवान ग्रुप अन्तरगतको हेल्थ टेक भर्टिकल कोजेन्ट हेल्थमा सिइओको रूपमा र इसेवा मनि ट्रान्स्फरमा निर्देशकको रूपमा कार्यरत थिए। 

नयाँ जिम्मेवारी सम्हाल्दै श्रेष्ठले भने 'एफवानसफ्ट अन्तर्गतका कम्पनीहरूको अहिलेसम्म जुन कम्पिटेन्सी बनेको छ यसमा थप नयाँ सिनर्जी ल्याउन र ग्रुप लेवल ग्रोथको भिजन प्राप्त गर्ने दिशामा मैले काम गर्नेछु।' 

स्ट्राटेजिक म्यानेजमेन्ट र मार्केटिङमा एमबिएसम्म अध्ययन गरेका श्रेष्ठ अब्बल व्यवस्थापकका रूपमा चिनिन्छन्। 

श्रेष्ठसँग फिनटेक, हेल्थटेक, रेमिट्यान्स् लगायतका क्षेत्रहरूको विभिन्न कर्पोरेटमा उच्च तहमा १३ वर्षभन्दा बढी काम गरेको अनुभव छ। सफ्टवेयरको क्षेत्रमा ख्याति कमाएको एफवान सफ्ट कम्पनी नेपालका ठूला आइटी कम्पनी मध्येको एक हो। 

सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तिय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाल लगायत विदेशी मुलुकमा बिक्री वितरण गर्दै आएको छ। एफवान सफ्ट ग्रुपअन्तर्गत हाल १३ वटा कम्पनी सञ्चालनमा रहेका बताइएको छ। 

एफ्वान सफ्ट अन्तर्गत इसेवा, फोनपे, इसेवा मनि ट्रान्स्फर, कोजेन्ट हेल्थ, दियालो टेक्नोलिोजिज, बससेवा लगायतका स्थापित कम्पनी रहेका छन्। नेपालका अधिकांश बैंक तथा वित्तीय संस्थामा एफवान सफ्टले विकास गरेका मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, भाइवर बैंकिङ लगायतका सोलुसन प्रयोग हुँदै आएका छन्।

प्रकाशित: Sep 28, 2022| 13:39 बुधबार, असोज १२, २०७९
प्रतिक्रिया दिनुहोस्