कोभिड–१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज जेठ २ गतेदेखि लगाइने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं उपत्यकामा दोस्रो डोजको मिति तोकेको हो।
प्रदेश १ मा सोमबार ९३७ जनामा कोरोना संक्रमण देखिएको छ। दैनिक संक्रमण संख्या अहिलेसम्मकै उच्च हो। गत वर्षको कात्तिक ४ गते प्रदेश १ मा दैनिक संक्रमित संख्या ८७० पुगेको थियो।
नेपाली कांग्रेस, नेकपा माओवादी (केन्द्र) र जनता समाजवादी पार्टीले नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिसमक्ष आह्वान गरेका छन्।
भोकमरी टार्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालू आर्थिक बर्षमा डोल्पा, हुम्ला, जुम्ला, मुगु र कालिकोटका लागि ४१ हजार २०० क्विन्टल खाद्यान्न स्वीकृत गरेको छ।