बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सांसदहरुलाई प्रतिनिधिसभाको अधिवेशन अन्त्य भएको जानकारी

सांसदहरुलाई प्रतिनिधिसभाको अधिवेशन अन्त्य भएको जानकारी

संसद् सचिवालयले प्रतिनिधिसभाको विशेष अधिवेशन अन्त्य भएको जानकारी सांसदहरुलाई गराएको छ।
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

काठमाडौं– संसद् सचिवालयले प्रतिनिधिसभाको विशेष अधिवेशन अन्त्य भएको जानकारी सांसदहरुलाई गराएको छ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सोमबार राति सूचना जारी गर्दै वैशाख ३० गतेका लागि डाकिएको संसद् अधिवेशनसमेत अन्त्य भएको जानकारी गराएका हुन्। 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सोमबार राति १२ बजेदेखि प्रतिनिधिसभाको चालू विशेष अधिवेशन अन्त्य गरेकी छन्।

सचिव योगीले जारी गरेको सूचनामा उल्लेख छ, 'प्रतिनिधिसभाको चालू अधिवेशन सोमबार राति १२ बजेदेखि स्वतः अन्त्य हुने भएको हुँदा २०७८ साल वैशाख ३० गते बिहीबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठकसमेत अन्त्य भएको सदस्यहरुको जानकारीका लागि लागि यो सूचना प्रकाशित गरिएको छ।’
 

प्रकाशित: May 10, 2021| 16:08 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।