सुर्खेत- सुर्खेतको चौकुने गाउँपालिकाले जनप्रतिनिधिले प्रयोग गर्ने गाडीलाई एम्बुलेन्स बनाएको छ।
गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले प्रयोग गर्ने गाडीलाई एम्बुलेन्स बनाइएको हो। गाउँपालिकामा कोरोना संक्रमितको उद्धार तथा अस्पतालसम्म पुर्याउनका लागि गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्ने निर्णय गरिएको अध्यक्ष शाहीले जनाए।
सुर्खेतको पश्चिम क्षेत्रमा पर्ने चौकुने गाउँपालिका दुर्गम स्थानीय तह हो। संक्रमण फैलिँदै गएपछि गाउँपालिकाले ५० बेडसहितको आइसोलेसन सञ्चालन ल्याएको छ।
गाउँपालिकामा हाल १६ जना सक्रिय संक्रमित छन्। तीमध्ये चार जना आइसोलेसनमा रहेको गाउँपालिकाले जनाएको छ।