बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पत्र प्राप्त भएपछि नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ गर्ने राष्ट्रपतिको तयारी

पत्र प्राप्त भएपछि नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ गर्ने राष्ट्रपतिको तयारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ गर्ने तयारी गरेकी छन्।
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ गर्ने तयारी गरेकी छन्।

प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न असफल भएर पदमुक्त भएपछि नयाँ सरकार गठनको तयारी अघि बढाइएको हो।

आजै नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले संयुक्त विज्ञप्ति जारी गर्दै नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले संसद् सचिवालयबाट पत्र प्राप्त हुनासाथ प्रक्रिया प्रारम्भ गरिने जानकारी दिए।

‘पत्र आएको छैन, आएपछि त्यसको व्यहोरा हेरेर प्रक्रिया अघि बढ्छ’, उनले भने,‘संविधानको धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनप्राप्त प्रधानमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्न सक्छ।’

सोमबार प्रतिनिधिसभामा भएको मतदानमा प्रधानमन्त्री ओलीले राखेको विश्वासको मत लिने प्रस्ताव अस्वीकृत भएको थियो।

प्रकाशित: May 10, 2021| 13:31 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।