काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका अस्पतालका लागि अक्सिजनको सिलिन्डर कोटा तोकेको छ। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमितको उपचार गर्न उपत्यकाका अस्पतालका लागि कोटा निर्धारण गरेको हो।
केन्द्रले सोमबार सूचना जारी गर्दै उपत्यकाका अस्पतालमा तोकिएबमोजिम दैनिक न्यूनतम अक्सिजन सिलिन्डर भरेर उपलब्ध गराउन ग्यास उत्पादक कम्पनीहरुलाई अनुरोध गरेको छ। अस्पतालाई न्यूनतम पाँच वटादेखि अधिकतमा ३०० वटा ठूला आकारका सिलिन्डर उपलब्ध गराइने सूचनामा उल्लेख छ।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सीसीएमसीले देशभरका अस्पतालमा अक्सिजनको व्यवस्था मिलाउने निर्णय गरेको थियो।
कुन अस्पताललाई सिलिन्डर अक्सिजन?