बिहीबार, भदौ ११, २०८३

राष्ट्रपतिलाई भेटेर फर्किए ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्।
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्।

दिउँसो प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेका ओली साँझ मन्त्रिपरिषद् बैठकलगत्तै शीतल निवास पुगेका थिए।

मन्त्रिपरिषद् बैठकबाट संसदको विशेष अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरिएको थियो।

राष्ट्रपति भण्डारीसँग अबको कदम के चाल्ने भन्ने विषयमा छलफल भएको बताइएको छ।

संसदमा विश्वाको मत लिनुअघि विपक्षी दलका नेताहरुले उठाएको प्रश्नको जवाफ दिँदै ओलीले आफूले विश्वासको मत प्राप्त नगरे मुलुकलाई उपयुक्त निकास दिने बताएका थिए।

तर उनले प्रतिनिधिसभा विघटन नगर्ने हो भने आफूलाई विश्वासको मत दिनुपर्ने आशयको भनाइ राखेका थिए।

प्रकाशित: May 10, 2021| 15:04 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।