बिहीबार, भदौ ११, २०८३

चिनियाँ खोप भेरोसेलको दोस्रो डोज जेठ दुई गतेदेखि

कोभिड–१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज जेठ २ गतेदेखि लगाइने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं उपत्यकामा दोस्रो डोजको मिति तोकेको हो। 
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

काठमाडौं– कोभिड–१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज जेठ २ गतेदेखि लगाइने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं उपत्यकामा दोस्रो डोजको मिति तोकेको हो। 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले काठमाडौं उपत्यकामा दोस्रो चरणको खोप अभियान सञ्चालनका सम्बन्धमा सवै वडा कार्यालयमा एक हप्ताका लागि निश्चित समय तोकी कुपन वितरण गरी, भीडभाड नगरी व्यवस्था मिलाउन पत्राचार गरिने जनाएका छन्।

खोप कार्यक्रमका लागि आवश्यक सुरक्षाको व्यवस्था भने जिल्ला प्रशासन कार्यालयले मिलाउने छ। यसअघि चैत १६ गते चिनियाँ खोपको पहिलो डोज नेपाल आइपुगेको थियो। नेपालमा कोरोना संक्रमण दर बढ्दै जाँदा निषेध आदेश लगाइएपछि खोप अभियान स्थगित भएको थियो। 

प्रकाशित: May 10, 2021| 15:01 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।