बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रहरीको सक्रियतामा साढे ५ हजार अक्सिजन सिलिण्डर संकलन

प्रहरीको सक्रियतामा साढे ५ हजार अक्सिजन सिलिण्डर संकलन

नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट झण्डै साढे ५ हजार अक्सिजन सिलिण्डर संकलन गरिएको छ।
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

काठमाडौं- नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट झण्डै साढे ५ हजार अक्सिजन सिलिण्डर संकलन गरिएको छ।

देशभरका अस्पतालमा कोरोना संक्रमितका लागि अक्सिजनको अभाव भएपछि प्रहरी अक्सिजन सिलिण्डर संकलनमा जुटेको थियो। प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरील ५ हजार ४३२ थान अक्सिजन सिलिन्डर संकलन गरेको छ। 

ती मध्ये १ हजार ४४१ भरी र ३ हजार ९९१ खाली सिलिन्डर छन्। संकलन गरिएका सिलिन्डरमध्ये ४ हजार ५८९ वटा कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ। बाँकी रहेका ८४३ अक्सिजन सिलिन्डर जिल्ला संकट व्यवस्थापन केन्द्र तथा जिल्लास्थित प्रहरी कार्यालयमा राखी आवश्यकताअनुसार वितरण गरिने छ। कतिपय खाली सिलिन्डरलाई भर्नका लागि डिपोमासमेत पठाइएको छ। 

आवश्यकताभन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने अस्पताल, व्यक्तिलगायत अन्य संघसंस्था तथा स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरुमा स्टक गरी राखेका सिलिन्डर नियन्त्रणमा लिई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको संख्याअनुसार वितरण गरिएको हो। 

विश्वव्यापी रुपमा फैलिँदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड–१९ को दोस्रो चरणको संक्रमणको कारण महामारीले चरम रुप लिइरहेको विषम परिस्थितिमा यसको संक्रमण रोकथाम, नियन्त्रण तथा संक्रमण फैलिन नदिनका लागि राज्यको सम्पूर्ण संयन्त्र पूर्ण रुपमा प्रयासरत रहेको अवस्थालाई ध्यानमा राखी नेपाल प्रहरीले समेत सक्रियता बढाएको हो। 

साथै स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनका लागि स्टक राख्ने व्यक्ति तथा सम्बन्धित निकायलाई आवश्यक कारबाहीका लागि थप अनुसन्धानसमेत भइरहेको छ 

यस विषम परिस्थितिमा अन्य प्रयोजनका लागि स्टक नगर्न तथा विभिन्न कम्पनी, संघसंस्था तथा व्यक्तिहरूसँग आवश्यकता भन्दा बढी सिलिन्डर छन् भने त्यस्ता सिलिन्डरहरू उपलब्ध गराई सहयोग गर्न नेपाल प्रहरीले अनुरोधसमेत गरेको छ।

प्रकाशित: May 10, 2021| 12:55 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।