काठमाडौं- सरकारले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ।
केही बेरअघि सम्पन्न भएको मन्त्रिपरिषद्को बैठकले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको मन्त्री पद्मा अर्यालले जानकारी दिइन्। विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको अधिवेशन अन्त गर्न सिफारिस गरेको हो।
यसैबीच उक्त निर्णय सिफारिस गरे लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्टपतिलाई भेट्न शितल निवास पुगेका छन्। अहिले राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता भइरहेको छ।