बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीद्वारा महामारीविरुद्ध सहयोग गर्न धनी राष्ट्रलाई अपिल

प्रधानमन्त्रीद्वारा महामारीविरुद्ध सहयोग गर्न धनी राष्ट्रलाई अपिल

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीविरद्धको लडाइँमा साथ दिन धनी देशहरुलाई आह्वान गरेका छन्।
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीविरद्धको लडाइँमा साथ दिन धनी देशहरुलाई आह्वान गरेका छन्। ओलीले महामारीविरुद्धको नेपालको लडाइँमा साथ दिन ठूला धनी राष्ट्रहरुको संगठन (जी–सेभेन) समक्ष आग्रह गरेका हुन्।

ओलीले खोप, परीक्षण किट्स, अक्सिजन उपकरण र अन्य स्वास्थ्य सामग्री प्रदान गर्न पनि अन्तर्राष्ट्रिय समुदायसमक्ष अपिल गरेका छन्।

प्रधानमन्त्री ओलीले बेलायती अखबार द गार्जियनमा प्रकाशित लेखमार्फत महामारीविरुद्ध जतिसक्दो चाँडो खोप आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरेका छन्। अहिले जी सेभेको अध्यक्ष बेलायत हो। 
ओलीले खोपको विश्वव्यापी वितरणमा बेलायतले प्रभावकारी भूमिका खेल्ने विश्वाससमेत व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘अत्यावश्यक मुलुकले खोप पाऊन् भन्ने हाम्रो आशा छ।’

आलेखमा ओलीले बेलायतसँग नेपालको सदीयौं पुरानो मित्रतापूर्ण सम्बन्ध रहेको स्मरण गरेका छन्। ओलीले महामारीका कारण नेपालको स्वास्थ्य प्रणालीमा चुनौती थपिएको जनाउँदै परिस्थिति नियन्त्रणका लागि सक्दो पहल गरिरहेको स्पष्ट पारेका छन्। 
यसैबीच  महामारीका कारण नेपाल आसन्न सगरमाथा संवाद स्थगित गर्न बाध्य भएको आलेखमा उल्लेख छ। 

प्रकाशित: May 10, 2021| 15:55 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।