काठमाडौं– प्रतिनिधिसभाको आज सोमबारको बैठकमा नेकपा एमालेका २८ जना सांसद अनुपस्थित भएका छन्। सत्तारुढ दल एमालेकै सांसदले संसद् बैठक बहिष्कार गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि बोलाएको बैठकमा उनकै पार्टीको एक समूहका सांसद अनुपस्थित भएका हुन्।
एमाले संसदीय दलको ह्विपविपरीत बैठकमा भाग नलिने सांसदहरुमा माधवकुमार नेपाल, झलनाथ खनाललगायत २० जना प्रत्यक्ष निर्वाचित र ८ जना समानुपातिक सांसद छन्।
संसद् बैठकमा अनुपस्थित सांसदहरू
१. झलनाथ खनाल
२. माधवकुमार नेपाल
३. भीमबहादुर रावल
४. योगेश भट्टराई
५ पवित्रा निरौला खरेल
६ भवानी खापुङ
७ जयकुमार राई
८ यज्ञराज सुनुवार
९ गणेश पहाडी
१० विरोध खतिवडा
११ कृष्णलाल महर्जन
१२ जीवनराम श्रेष्ठ
१३ नारायण खतिवडा
१४ घनश्याम भुसाल
१५ गोकर्ण विष्ट
१६ सोमप्रसाद पाण्डे
१७ मेटमणी चौधरी
१८ झपट रावल
१९ दिपकप्रकाश भट्ट
२० सुरेन्द्र पाण्डे
२१ रामकुमारी झाँक्री
२२ सरला यादव
२३ पुष्पाकुमारी कर्ण
२४ कल्याणी खड्का
२५ निरादेवी जैरु
२६ कलिला खान
२७ लक्ष्मीकुमारी चौधरी
२८ मुकुन्द न्यौपाने