बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माधव नेपालको स्पष्टीकरण : देश, जनता र पार्टीप्रतिको निष्ठाका लागि ओलीलाई विश्वासको मत दिएनौँ

माधव नेपालको स्पष्टीकरण : देश, जनता र पार्टीप्रतिको निष्ठाका लागि ओलीलाई विश्वासको मत दिएनौँ

नेकपा एमालेका नेता माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक, लोकतन्त्र र पार्टीको एकता भत्काउन खोजेकाले विश्वासको मत नदिइएको बताएका छन्।
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

काठमाडौं- नेकपा एमालेका नेता माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक, लोकतन्त्र र पार्टीको एकता भत्काउन खोजेकाले विश्वासको मत नदिइएको बताएका छन्।

सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै नेता नेपालले केपी ओलीले पटकपटक मुलुकको संविधानमाथि धावा बोलेको, पार्टी एकता बचाउन उदासिन रहेको र एकताका लागि आफूहरुले गरेका प्रयासहरु लत्याएको आरोप लगाएका छन्।

साथै उनले ओलीका गलत क्रियाकलापको विरोध गर्दा आफूहरुलाई निकृष्ट शब्दहरुसहित स्पष्टीकरण सोधेको, पार्टी एकताका लागि गरेका पटकपटकका प्रयासहरु विफल पार्ने काम गरेको लगायतका आरोप लगाएका छन्।

नेता नेपालले प्रतिनिधिसभा विघटन, सर्वोच्च अदालतको फैसलादेखि हालसम्म ओलीले चालेका कदमहरुको स्मरण गर्दै ओलीलाई कुनै पनि दृष्टिले विश्वासको मत दिन उचित नरहेको ठहर गर्दै सोमबार विश्वाको मत लिने प्रयोजनका लागि बोलाइएको संसदको विशेष अधिवेशनमा सहभागी नभएको बताएका छन्।

नेपालले जारी गरेको विज्ञप्तिको पूर्णपाठ

 

प्रकाशित: May 10, 2021| 14:57 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।