बिहीबार, भदौ ११, २०८३

पछिल्लो २४ घण्टामा ९,२७१ मा संक्रमण, १३९ को मृत्यु

पछिल्लो २४ घण्टामा मुलुकभर ९ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १८ हजार ४११ जनाको परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण देखिएको हो।
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा मुलुकभर ९ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १८ हजार ४११ जनाको परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण देखिएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख नाघेको छ। कुल संख्या ४ लाख ३ हजार ७९४ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।

यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ७ जना संक्रमणमुक्त भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या ३ लाख ६ हजार ७९४ पुगेको छ।

मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु भएर पछिल्लो २४ घण्टामा विवरण प्राप्त हुनेको संख्या १३९ रहेको छ। यो हालसम्मकै उच्च संख्या हो।

अघिल्लो दिन मृत्यु भएका र मन्त्रालयको तथ्यांकमा नआएकाहरुको संख्या पनि यसमा जोडिएको छ। यो सहित कुल मृतकको संख्या ३ हजार ८५९ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९३ हजार १४१ रहेको छ।

No photo description available.

प्रकाशित: May 10, 2021| 13:04 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।