काठमाडौं विश्वविद्यालयले झापास्थित बीएन्डसी मेडिकल कलेज एन्ड रिसर्च सेन्टरलाई सम्बन्धन दिलाउन चिकित्सा शिक्षा आयोगलाई गरेको सिफारिसप्रति नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ।
कलैया उपमहानगरपालिका- ७ रंगपुरमा रहेको मदर्शा सल्फिया कन्जुल उलुममा ९ वर्षीय उशमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको मृत्यु बारे अनुसन्धान गर्न तालीम प्राप्त कुकुरसहितको टोली परिचालन गरिएको छ।
महोत्तरी जिल्लाको मटिहानी नगरपालिका-३, बरदाहा गाउँमा आज शौचालय निर्माणसम्बन्धी विवादमा दुई पक्षबीच लाठी र चिर्पट हानाहान हुँदा एक युवकको मृत्यु भएको छ।
‘पुरातत्त्वविद् बाबुकृष्ण रिजालले नवलपरासीको दक्षिण झरही नदीको किनारमा रहेको थुम्कोलाई बुद्धको मावली रामग्राम भएको बताए पनि त्यसलाई प्रमाणित गर्ने काम शुक्रसागर श्रेष्ठले नै गरेका हुन्।'