काठमाडौं– आन्तरिक विवादमा फसेको जनता समाजवादी पार्टी (जसपा)ले कार्यकारिणी समितिको बैठक बोलाएको छ।
विवादका कारण बैठक नै बस्न नसकिरहेका बेला अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको सहमतिमा यही जेठ ८ र ९ गतेका लागि बैठक बोलाइएको हो।
आज नै दुई अध्यक्षले संयुक्त वक्तव्य जारी गर्दै पार्टी एक हुने प्रतिवद्धता व्यक्त गरेका थिए।