बुधबार, भदौ १०, २०८३

दैलेखमा जिप दुर्घटना, दुई जनाको मृत्यु

कर्णाली राजमार्गस्थित दुल्लु नगरपालिका-३, सियालामा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

दैलेख - कर्णाली राजमार्गस्थित दुल्लु नगरपालिका-३, सियालामा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।  जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको बा २० च ७१५ नम्बरको जिप दुर्घटना भएको हो। 

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठका अनुसार जीप आज बिहान दुर्घटनामा परेको हो। ब्रेक फेल भई जिप कर्णाली राजमार्गबाट ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटना जुम्लाको गुटिचौर गाउँपालिका-४ का जीप चालक ३८ वर्षीय रामहरि न्यौपाने र गुटिचौर–२ की २७ वर्षीया लक्ष्मी न्यौपानेको मृत्यु भएको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार जिपमा दुई जना मात्र सवार थिए। निषेध आदेशको बेला सो जिप कुन प्रक्रियाका लागि सुर्खेत जाँदै थियो भन्नेबारे जुम्लासँग समन्वय भइरहेको श्रेष्ठले बताए। रासस

प्रकाशित: May 18, 2021| 06:44 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।