बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विराट अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीमाथि कुटपिट

विराट अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीमाथि कुटपिट

विराट शिक्षण अस्पताल बुढीगंगाको आकस्मिक कक्षमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि एउटा समूहले कुटपिट गरेको छ।
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

विराटनगर– विराट शिक्षण अस्पताल बुढीगंगाको आकस्मिक कक्षमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि एउटा समूहले कुटपिट गरेको छ।

अस्पतालका कर्मचारी सुनील देवका अनुसार आकस्मिक कक्षमा छिरेर चिकित्सक डा. सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोश बस्नेतमाथि सोमबार राति आक्रमण गरिएको हो। बुढीगंगा–३ मा भएको दुर्घटनामा परेर घाइते भई ल्याइएका दुई जनाको उपचार गरिरहेका बेला रेग्मी र बस्नेतमाथि एउटा समूहले लगातार कुटपिट र आक्रमण गरेको जानकारी देवले दिए।

आक्रमणबाट डा. रेग्मी र बस्नेतको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ। घाइते अवस्थाका दुवै जनाको विराटमै उपचार भइरहेको जानकारी देवले दिए। चिकित्सकमाथि नै आक्रमण हुन थालेपछि अस्पतालको अवस्था तनावग्रस्त बनेको थियो। आकस्मिक कक्षको उपचारसमेत केही बेर प्रभावित बनेको देवको भनाइ छ। आक्रमणपछि गम्भीर अवस्थाका बिरामीले केही बेर उपचारसमेत पाउन नसकेको उनले बताए।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार बूढीगंगा–२ का २८ वर्षीय निश्चल श्रेष्ठ र २५ वर्षीय अनिल श्रेष्ठसहितका चारपाँच जनाको सङ्ख्यामा रहेको समूहले घटना गराएको हो। अरु नै बिरामीको उपचारमा व्यस्त रहेका बेला आकस्मिक कक्षमा छिरेर आक्रमण गरिएको उनको भनाइ छ। दुवै जनामाथि लगातार लात्ता र मुक्का प्रहार गरिएको राईले बताए।  

प्रहरीका अनुसार आक्रमण भएका बेला चिकित्सक र स्वास्थ्यकर्मी दुर्घटनाका घाइतेको उपचारमा व्यस्त थिए। प्रहरीका अनुसार प्र १–०२–०४५ प ६०८७ नम्बरको मोटरसाइकलले साँझ ७ः४५ बजेतिर ५० वर्षीय बालकुमार बस्नेतलाई ठक्कर दिँदा दुर्घटना भएको थियो।

गम्भीर अवस्थाका बस्नेतको उपचार अस्पतालको आकस्मिक कक्षमा भइरहेको थियो। उनको राति ९ बजेतिर उपचारकै क्रममा मृत्यु भएको जानकारी डीएसपी राईले दिए। उनका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न निश्चल र अनिललाई पक्राउ गरेर घटनाका बारेमा अनुसन्धान थालेको छ। डीएसपी राईका अनुसार घटनामा संलग्न केही व्यक्ति फरार रहेका कारण खोजी तीव्र पारिएको छ। 
 

प्रकाशित: May 18, 2021| 08:57 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।