काठमाडौं - मकवानपुर प्रहरीले एक क्विन्टल लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। विषेश टोलीले हेटौंडा उपमहानगरपालिका- १ त्रिभुवन राजपथस्थित सडक खण्डमा नामटारतर्फबाट हेटौंडातर्फ आउँदै गरेको ना२ख ९८६२ नम्बरको ट्रक चेक गर्दा गाँजा भेटेको हो।
ट्रकको क्याविनको भागको हुटमा फल्स बटम बनाई लुकाइछिपाई ल्याएको १७ वटा पोकामा लागुऔषध गाँजा १ क्विन्टल फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक का ४९ वर्षीय आइतेबहादुर ठाडामगर, मकवानपुर ४१ वर्षीय राजकुमार तामाङ र सोही ठाउँका ३६ वर्षीय सुबिन रुम्बालाई रहेका छन्। उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।