बुधबार, भदौ १०, २०८३

क्षेत्रपाटीको गोर्खा अस्पताल आइसोलेसनमा परिणत

नेपाल उद्योग वाणिज्य महासंघले क्षेत्रपाटीस्थित पुरानो गोर्खा अस्पतालको भवनलाई कोभिड आइसोलेसन एवं प्राथमिक उपचार केन्द्र बनाएको छ।
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

काठमाडौ - नेपाल उद्योग वाणिज्य महासंघले क्षेत्रपाटीस्थित पुरानो गोर्खा अस्पतालको भवनलाई कोभिड आइसोलेसन एवं प्राथमिक उपचार केन्द्र बनाएको छ। आइशोलेशन केन्द्रको महासंघका अध्यक्ष शेखर गोल्छा, पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह र काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी (श्रेष्ठ) ले संयुक्त रुपमा सोमाबार शुभारम्भ गरेका छन्। 

आइसोलेसन केन्द्रको उद्घाटन गर्दै पूर्व उपप्रधानमन्त्री सिंह र महानगरपालिकाकी उपमेयर खडगीले बिरामीका लागि यो प्रभावकारी हुने र आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए।

उक्त आइशोलेशन एवं प्राथमिक उपचार केन्द्र स्थापना एवं सञ्चालन गर्ने सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघ र काठमाडौं महानगरपालिका वडा नम्वर १७ बीच गत वैशाख ३० गते एक समझादारीपत्रमा हस्ताक्षर भएको थियो।

महासंघका अध्यक्ष गोल्छाले कोभिड महामारी मुलुकका लागि यतिखेर निकै ठूलो चुनौती भाएकाले यसलाई परास्त गरी आम सर्वसाधारणको स्वास्थ्य सुरक्षामा सहयोग गर्न महासंघ दत्तचित्त भई लागेको बताए।

प्रकाशित: May 18, 2021| 07:17 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।